३ कार्तिक २०८३, मंगलबार

गायक पाण्डेले ल्याए ‘लाहुरेको दसैँ’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक भुपु पाण्डेले ‘लाहुरेको दसैँ…’ बोलको दसैँ गीत रिलिज गरेका छन् । युट्युवमार्फत पाण्डेले दसैँ गीत सार्वजनिक गरेका हुन् । लाहुरेलाई दसैँ आउँदा हुने पीडालाई समेटेर गीत बनाइएको पाण्डेले बताए ।

म्युजिक भिडियोमा नेपाल आर्मिको ड्रेसमा मोडलहरूलाई सजाइएको छ । गीत राम्रो बनेको गायक पाण्डेले बताए ।

टिपिकल शब्द रहेको पाण्डेको ‘लाहुरेको दसैँ…’लाई अहिलेसम्म सबैले मन पराइदिएको बताए । ‘गीतले राम्रो रेस्पोन्स पाइरहेको छ’, गायक पाण्डेले भने, ‘लाहुरेलाई दसैँमा हुने पीडालाई समेटेर गीत बनाएको हुँ ।’

यसअघि थुप्रै गीतमा स्वर दिएका पाण्डेको ‘एक्सेप्ट गर…’ गीत हिट भएको थियो । यसैगीतबाट गायक पाण्डे भनेर धेरैले चिन्ने गरेको उनको भनाइ छ ।