३ कार्तिक २०८३, मंगलबार

देवकोटाको ‘परिवार…’ भित्र दसैँको पीडा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक जय देवकोटाले दसैँको पीडा र बेदनामा आधारित ‘परिवार…’ बोलको गीत ल्याएका छन् । प्रत्येक वर्ष दसैँ र तिहारलाई लक्षित गरेर गीत रेकर्ड गराउँदै आएका गायक देवकोटाले यसपटक पनि दसैँ गीत ल्याएको बताए ।

‘दसैँको पीडालाई गीतमा समेट्ने प्रयास गरिएको छ’, उनले भने, ‘गीतले दसैँमा साथीभाइ, घरपरिवारको सम्झनालाई राखिएको छ ।’

दसैँ गीत किन रेकर्ड गराउनु भयो ? भन्ने प्रश्नको जिज्ञासामा गायक देवकोटाले भने, ‘त्यस्तो त केही छैन । तर, प्रत्येक वर्ष चाढपर्वका बेला गीत बनाउने गरेको छु । यसपटक पनि रेकर्ड गराएर म्युजिक भिडियो बनाइयो ।’

गीतमा गोविन्दमधुर आचार्य, ईन्द्र जिसी, कर्ण सञ्जेल, रेखा जोशी, लोकेन्द्र शाही, सरिता थापा, प्रतिमा विश्वकर्माले स्वरमा साथ दिएका छन् ।

गीतको शब्द गायक देवकोटा आफैले लेखेका हुन् । गीतमा देवकोटाका साथै अर्का गायक गोविन्दमधुर आचार्यसहितका कलाकारले पनि अभिनय गरेका छन् ।