जनकपुरधाम, २९ भदौ । नेपाली कांग्रेसका शीर्ष नेतृत्वहरू यति बेला चुनावी प्रचारका लागि मधेसमा छन् ।
सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेसमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरूसंग प्रस्तुत हुँदा एमालेप्रति आक्रामक देखिन्छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
सभापति देउवाका विश्वास पात्र नेताको रुपमा देखिएका विमलेन्द्र निधिले टिकक वितरणदेखि अन्य भूमिकामा हावी भएपछि अन्य पक्षका दुई नम्बरका नेता कार्यकर्ताले त्यसको खुलेरै विरोध गरेका थिए ।
तर, निधिले पार्टीको दुई नम्बर भेलामा यस प्रदेशबाट कांग्रेसले सय सिट जित्ने दावी गरेका थिए ।
चुनावी प्रचारका लागि धनुषामा रहँदा दुई दिन अगाडि मात्र निधिले धनुषा सहित मधेसमा कांग्रेसप्रति जनलहर चलेको दावी गरेका थिए । उनले मधेसबाट एमाले बढारिने दावी समेत गरे ।
नेता निधिको गृहनगर रहेको धनुषाको नगराईन नगरपालिकामा कांग्रेस र एमाले बीचमा मेयर पदका लागि कडा प्रतिस्पर्धा चलीरहेको छ ।












प्रतिक्रिया