१५ कार्तिक २०८३, आइतबार

अपराध गरेर विदेश गएकाहरूको राहदानी रद्द हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । अपराध गरेर विदेशिएकालाई स्वदेश फिर्ता ल्याउन नेपाल प्रहरीले उनीहरूको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका र अनुसन्धानका क्रममै भागेका अपराधीलाई नेपाल फिर्ता गर्न परराष्ट्र मन्त्रालय र सम्बन्धीत देशको कानून कार्यान्वयन गर्ने निकायमार्फत अनुरोध गरेको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

बैंकिङ कसुर, वन्यजन्तु अपराध, मानव तस्करी, साइबर अपराध लगायतका कसुरमा संलग्न भइभागेका अभियुक्त फिर्ता गर्न सीआइबीले परराष्ट्र मन्त्रालयमार्फत विभिन्न मुलुकसँग कूटनीतिक पहल थालेको हो ।