१५ कार्तिक २०८३, आइतबार

गच्छदारलाई दहितले ठेगान लगाउने ! रचे नयाँ षड्यन्त्र

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । विजयकुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिक पार्टीमा आफ्नो दल थरुहट तराई पार्टी विलय गराएका भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले गच्छदारलाई परित्याग गर्ने योजना बनाएको खुलासा भएको छ ।

भूमिसुधार मन्त्रालयलाई आफू निकटका नेताहरूको जमघट गर्ने अड्डा बनाएका दहितले विजयकुमार गच्छदारलाई छाडेर पुरानै ‘थरुहट तराई पार्टी’लाई नै ब्यूताउने योजना सुनाउने गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

दहितले आफू निकटका नेताहरूसँग ‘मलाई मन्त्री बन्नु थियो । मन्त्री बनिहाले । अब विजय गच्छदारको पछाडि लागेर कुनै काम छैन’ भन्ने गरेको स्रोतको भनाइ छ ।

गच्छदारको पार्टीबाट दुई पटक मन्त्री बन्ने सौभाग्य पाएका दहितले भानुराम थारुलाई पुरानै पार्टीको संगठन गर्न निर्देशन दिएका छन् ।

स्रोतले भन्यो, ‘गोपाल दहित विजय गच्छदारसँग धेरै दिन बस्ने देखिएन । उहाँले थरुहट तराई पार्टीलाई नै व्यूताउने तयारी गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा पनि खासै मन लगाएर प्रचार प्रसारमा लाग्नु भएन ।’

उता, भूमिसुधारमन्त्री दहितले विभागका प्रमुखहरूसँग पार्टी चलाउन भन्दै पैसा मागेर हैरान बनाएको चर्चा सिंहदरबारमा हुन थालेको छ । ‘कमाइ हुने जिल्लाका भूमिसुधार कार्यालय, नापी कार्यालय र विभागहरूका हाकिमलाई पैसा मागेर हैरान बनाउनु भएको छ ।’