वीरगंज महानगरपालिकालाई कुशल, इमान्दार, पारदर्शी र व्यवस्थापन गर्न सक्ने खुबी भएका व्यक्तित्वको आवश्यकता रहेको छ: बसरुद्दिन अन्सारी, मेयर पदका उम्मेदवार वीरगंज महानगरपालिका
० तपाई वीरगंज महानगरपालिकाकाको मेयर पदमा उम्मेदवारी दिनुभएको छ । के–के एजेण्डा लिएर निर्वाचनमा होमिनु भएको छ ?
म अहिले प्रदेश नम्बर दुई अन्तर्गत रहेको एक मात्र वीरगंज महानगरपालिकाको तर्फबाट म नेकपा एमालेको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएको हुँ । म मधेशको धर्तिपुत्र हुँ । मेरो घर यही महानगरपालिका भित्र पर्दछ । मेरो जन्म र कर्म पनि यहि नै हो । मलाई संसारमा चिनाउने काम यहि नगरपालिकाले गरेको छ । मान–सम्मान पनि मैले यहिबाटै प्राप्त गरे । महानगरपालिकामा गर्नुपर्ने दायित्व पुरा गर्नका लागि पनि नेकपा एमाले पार्टीले मलाई पवश्वास गरेर उम्मेदवारी दिन लगायो । त्यसैले मेरो जीत सुनिश्चित नै छ ।
एजेण्डाहरु:
के उद्योगधन्दा बन्द गराएर युवाहरु विदेशमा लखेट्ने देशभक्त र राष्ट्रभक्तहरु हुन् ?
यो त सत प्रतिशतै राजनीतिक प्रतिशोध हो ।
मधेश बन्द गरेर कस्लाई फाइदा भयो जनताले देखि सकेका छन् ।
वीरगंजमा अहिले व्यापारी र उद्योगीहरु चन्दा आतंकले त्रसित छन् ।
यो देशमा नेपालीहरुलाई स्वाह बनाउने कार्यमा दलालहरु अड्डा जमाएर बसेका छन् ।
उहाँहरु यो महानगरपालिकालाई कमाई खाने भाँडो बनाउनुहुन्छ ।
अन्य पार्टीहरुले मधेशबाट एमालेलाई बढार्छौ भनेका थिए तर, उम्मेदवारी दिने दिनमा एमालेको पक्षमा मानवसागर उत्रिएको देखेर छक्क परेका छन् ।
बाटो फोहोर, खाल्डाखुल्डी र अव्यवस्थित छ तर, महानगरपालिकाले खर्च गर्न सक्तैन ।
मलाई एउटै कुराको मात्रै खाँचो छ त्यो हो ‘नेम एण्ड फेम’ (नाम र प्रसिद्ध) मात्रै ।
मेरो एउटै मिसन छ यो वीरगंज हराभरा, सुन्दर र स्मार्टसिटी बनाउने ।
गोविन्द केसी कांग्रेसी दलाल हुन् । उनी कांग्रेसले जे भन्छन् त्यही नै गर्दछन् । उनलाई सुताएर त्यसको आडमा कांग्रेसीहरु शासन चलाउँछन् ।
क) महानगरको विकासः मेरो मूख्य एजेण्डा भनेकै महानगरपालिकाका विकास हो । मैले वर्गीकरण गरेर स्टेप वाई स्टेप प्लानिङ र डिटेल प्रोजेक्ट रिपोर्ट पनि बनाएका छौं । हामीले पहिलो चरणमा वीरगंजमा बाटो, नाला, फोहोर व्यवस्थापन पहिलो चरणमा राखेका छौं ।
दोस्रो चरणः हामीले वीरगंज महानगरपालिकालाई स्वास्थ्य र शिक्षाको हब बनाउन लागिरहेका छौं । गरिब असाहाय, दलित, बिपन्नहरुका लागि सर्वशुलभ रुपमा स्वास्थ्य र शिक्षा कसरी पु¥याउने त्यसको योजना हामीसँग छ ।
ख) बेरोजगारी समस्याः बेरोजगारी समस्या कसरी समाधान गर्ने ? आज वीरगंजलाई औद्योगिक नगरी भनेर भन्ने गरिन्छ तर मधेश आन्दोलनले उद्योगी व्यापारीहरुको अवस्था दयनीय बनाएको छ । यहाँबाट थुप्रै व्यापारी र उद्योगीहरु पलायन भईसकेका छन् । र कतिपय पलायन हुने अवस्थामा छन् । किनकी ६/७ महिना बन्द गर्ने भनेको सामान्य कुरा होइन । उद्योगी व्यापारीहरु चौपट अवस्थामा छन् । तिनीहरुलाई राहातका लागि हामीले योजना समेत बनाएका छौं । हामीलाई उद्योग व्यापार सञ्चालन गराएर थुप्रै जनतालाई रोजगारी दिनु छ । हामीले त्यसका लागि एउटा क्षेत्र नै तोकेर सुविधा दिन तयार छौं । त्यसका लागि सुरक्षाको व्यवस्था नै हाम्रो पहिलो प्रथामिकता हुनेछ ।
घ) चन्दा आतंकको नियन्त्रण र उद्योगी व्यापारीलाई प्याकेजमा सहुलियतः वीरगंजमा अहिले व्यापारी र उद्योगीहरु चन्दा आतंकले त्रसित छन् । हामीले कलकारखाना बन्द गर्न दिने छैनौं कुनै विषयमा असन्तुष्ट भए त्यसका लागि संवैद्यानिक हक हुनेछ । तर, त्यसका लागि विदेशमै जस्तो व्यवस्था गरिनेछ । उद्योगीहरुलाई जत्ति बढि रोजगारी दिनुहुन्छ त्यति नै बढि सुविधा नेपाल सरकारलाई दिनका लागि सिफारिस गर्नेछौं । पाँचसय जना भन्दा बढिलाई रोजगारी दिनेहरुका लागि करमा पनि विशेष व्यवस्था गर्न लगाउने छौँ । साथै जस्ले निर्यातका लागि काम गर्दछ उसका निमित्त विशेष प्याकेजको समेत व्यवस्था गर्नेछौँ । किनकी यो अवस्थामा यहाँको बेरोजगारी समस्या हल हुनेछ ।
पर्यटनको सम्भावनाः यहाँ दुई खालको पर्यटनको सम्भावना रहेका छन् । एक मेडिकल पर्यटन, दुई ऐतिहासिक क्षेत्रहरुको रुपमा गिन्निज बुक अफ वल्ड रिकर्डमा दर्ज गरिएको गढीमाई यही पर्दछ । अहिले यहाँ नयाँ वर्ष मनाउन थुप्रै भारतीयहरु आउने गर्दछन् । पर्सा वन्य जन्तु आरक्षण पनि यहि नै पर्दछ । त्यसलाई व्यवस्थित गरी विकास गरिनेछ । वीरगंजको सीमा पारीको भारतको विहार राज्य अन्तर्गत पूर्वी चम्पारण र पश्चिम चम्पारणमा हामी कहाँ जस्ता घुमफिर गर्ने ऐतिहासिक ठाउँ नै छैनन् । हामी कहाँ सुरक्षित पर्यटन स्थलहरु छन् हामी त्यसलाई अझ सुरक्षित बनाउने प्रयास गर्नेछौं ।
ख) स्वास्थ्य र शिक्षाको पर्यटन सम्बन्धमाः
स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि वीरगंजमा धेरै सम्भावनाहरु रहेका छन् । किनभने स्वास्थ्यका लागि धेरै जनघनत्व भएका क्षेत्रहरु आवश्यक पर्दछन् । बिहारको समेतलाई जोड्दा हाम्रो वीरगंजलाई केन्द्रबिन्दू बनाउन सकिने लगभग तीन करोड जनसंख्या रहेका छन् । त्यसलाई हामीले उपयोग गर्न सकेको खण्डमा धेरै फाइदा लिन सकिन्छ ।
हाम्रो वीरगंज मेडिकल कलेजमा अहिले पनि ६० प्रतिशत विरामीहरु भारतबाटै आउने गर्दछन् । यसलाई अझ सुधार गर्ने हो भने धेरै उपलब्धि हासिल गर्न सकिने छ । नारायणी अस्पताललाई व्यवस्थित गराउन सकेको खण्डमा भारतका बिहार राज्यका धेरै मानिसलाई नेपालमै स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ ।
हामीले गुणस्तरीय शिक्षा उपलब्ध गराएको खण्डमा विद्यार्थीहरु टाढा टाढा भौतारिनुपर्ने बाद्यताहरु हट्छन् । यहाँको दिल्ली पब्लिक स्कूलका ५० प्रतिशत विद्यार्थीहरु रक्सौलबाट आएर पढेका छन् । यहाँ गुणस्तरीय खालका शिक्षण संस्था खोल्नका लागि व्यवस्था मिलाउने काम हामी महानगरपालिकाको नेतृत्वका पुगेपछि गर्नेछौं । त्यसका लागि शिक्षा, स्वास्थ्य र खेलकुद्का लागि म आफै नै उत्सुक छु ।
यसरी हरेक वर्ष यो महानगरपालिकामा ५० प्रतिशत बजेट फ्रिज भएको छ । बाटो फोहोर, खाल्डाखुल्डी र अव्यवस्थित छ तर महानगरपालिकाले खर्च गर्न सक्तैन । त्यसैले यो महानगरपालिकाको प्रमुखमा त्यस्तो व्यक्तित्वको आवश्यकता रहेको छ । जस्ले गर्दा ‘राइट मेन इन अ राइट प्लेस’ को सिद्धान्तलाई अंगिकार गर्नेछौं । म आफै व्यवस्थापनमा डिग्री गरेको हुँ , त्यसैले पनि नेपालकै व्यवस्थित मेडिकल कलेज वीरगंजमा स्थापना गरेको छु । त्यसैले मलाई यो महानगरपालिकाको व्यवस्थापन गर्न कुनै कठिनाई हुने छैन ।
० महानगरपालिकामा हुने प्रशासनिक भ्रष्टाचार नियन्त्रणका लागि तपाईसँग कस्ता योजनाहरु छन् ?
अहिले महानगरमा जनप्रतिनिधि छैनन् । यहाँ कार्यकारी अधिकृत बनेर आउने व्यक्ति बाहिरबाट आउँछन् । उहाँहरु यो महानगरपालिकालाई कमाई खाने भाँडो बनाउनुहुन्छ । जस्को मातृभूमि यहि हो, त्यो व्यक्ति आएपछि बिल्कुलै अन्त हुन्छ । हामी भोजपुरीमा भन्ने गर्दछौं यदि अगाडिको हलो सिधा भयो भने पछाडिको पनि सिधा हुन्छ यसरी प्रमुखले नै भ्रष्टाचार गर्छन् भने अन्य कसरी राम्रो हुन्छन् । वीरगंजमा धेरै प्रहरी प्रमुख (एसपी) बनेर आए । तर एक जना एसपी रमेश खरेल आएपछि काला बजारिया, भ्रष्टाचारी, अपराधीहरु किन वीरगंज छाडेर भागे ?
त्यो ठूलो कुरा होइन । अहिले महानगरमा जनप्रतिनिधि छैनन् । यहाँ कार्यकारी अधिकृत बनेर आउने व्यक्ति बाहिरबाट आउँछन् । उहाँहरु यो महानगरपालिकालाई कमाई खाने भाँडो बनाउनुहुन्छ । जस्को मातृभूमि यहि हो, त्यो व्यक्ति आएपछि बिल्कुलै अन्त हुन्छ । हामी भोजपुरीमा भन्ने गर्दछौं यदि अगाडिको हलो सिधा भयो भने पछाडिको पनि सिधा हुन्छ यसरी प्रमुखले नै भ्रष्टाचार गर्छन् भने अन्य कसरी राम्रो हुन्छन् । वीरगंजमा धेरै प्रहरी प्रमुख (एसपी) बनेर आए । तर एक जना एसपी रमेश खरेल आएपछि काला बजारिया, भ्रष्टाचारी, अपराधीहरु किन वीरगंज छाडेर भागे ?
वीरगंज महानगरपालिकालाई कुशल, इमान्दार, पारदर्शि र व्यवस्थापन गर्न सक्ने खुबी भएका व्यक्तित्वको आवश्यकता रहेको छ । एक जना प्रमुख इमान्दार भएको खण्डमा सबै इमान्दार हुनेछन् । मैले कहि गल्ति गरेको खण्डमा यहि बस्न सक्तिन । मलाई एउटै कुराको मात्रै खाँचो छ त्यो हो ‘नेम एण्ड फेम’ (नाम र प्रसिद्ध) मात्रै । मलाई अन्तिम इच्छा छ मानिस जन्मेपछि मर्नु नै युनिभर्सल टुथ (ब्रम्हाण्डीय वास्तविकता) हो । म मर्नु अगावै मेरो एउटै मिसन छ यो वीरगंज हराभरा, सुन्दर र स्मार्टसिटी बनाउने । भगवानले मलाई जिताएर साथ दिनुहुन्छ म खुदामा विश्वस्त छु । यहाँको जनता जनार्दन माथि म पूर्ण विश्वस्त छु ।
० विरगंजमा एमालेको पार्टी संगठन कमजोर छ भनिन्छ नी ?
अन्य पार्टीहरुले मधेशबाट एमालेलाई बढार्छौ भनेका थिए । तर, उम्मेदवारी दिने दिनमा एमालेको पक्षमा मानवसागर उत्रिएको देखेर छक्क परेका छन् । अहिलेसम्म स्वच्छाले वीरगंजमा त्यति ठूलो संख्यामा मानिसहरु कहिल्यैपनि आएका थिएनन् । यो पार्टीले मजस्तो व्यक्तिलाई मेयर पदका लागि किन छान्यो ? त्यो एउटै कारण छ म जस्तो व्यक्तिले नेकपा एमाले पार्टीमा कुनै दाग लगाउँदैन । अहिलेसम्म वीरगंजमा प्रमुख बनेर के गरे भन्ने उदाहरण एमाले पार्टीका निमित्त पेश गर्ने अवस्थाको नमुना बन्ने प्रण गरेको छु । म वादा गर्दछु वीरगंजलाई एक नम्बरको नमुना सहर बनाउने छु । रोम पनि एकै दिनमा बनेको होइन समय ग्राजुअल्लि (बिस्तारै– बिस्तारै) आउँछ । म मेयर बनेर काम गरेपछि अर्को कुनैपनि निर्वाचनमा एमालेले जस्लार्ई उठाएपनि जित्ने स्थिति बनाउने छु । अव वीरगंजका जनताहर ठगिने छैनन् । मधेश बन्द गरेर कस्लाई फाइदा भयो जनताले देखि सकेका छन् । हामी बिरोध गर्ने अधिकारका नाममा बन्द गर्न दिने छैनौं । तर त्यसका लागि दिल्ली र पटनामा जस्ता ठाउँहरु बनाइदिनेछौं । पटनामा हड्ताली चौक छ भने दिल्लीमा जन्तर मन्तर भन्ने ठाउँ छ । जुनसुकै खालका विरोधका कार्यक्रमहरु भोक हड्ताल, आमरण अनसन लगायतका कार्यक्रमहरु त्यही ठाउँमा हुन्छन् । वीरगंजमा अन्यत्रबाट आएर बन्द गर्ने र यहाँका जनतालाई दुःख दिने कार्य बन्द गरिनुपर्दछ । सर्लाही, सप्तरी, मोरङ र नेपालगंजबाट आएका नेताहरुले वीरगंजमा बन्द गर्ने ? उनीहरु आफ्नो जिल्ला किन बन्द गर्न सक्तैनन् । यसरी बन्द गर्ने अखडा वीरगंज बन्न सक्तैन ।
० तपाईले जितेपछि जनतालाई दिने केहि टिप्सहरु पनि बताइदिनुहोस् न ?
हामीले जितेको खण्डमा दुई हजारको जेष्ठ नागरिक भत्तालाई पाँच हजार बनाउने छौं । महिला र पुरुषको उमेर फरक फरक बनाइने छ । वृद्ध, युवा र टिनएजका व्यक्तिहरुका लागि हेल्थ क्लव, वाईफाई जोन, पार्कको व्यवस्था गराउने छौं । यसरी हामीले आवश्यकताका आधारमा प्राथमिकताका आधारमा काम सम्पन्न गर्नेछौं ।
० तपाईको नेतृत्वले महानगरपालिकामा बन्द अवस्थामा रहेको वीरगंज चिनी कारखानाको सम्बन्धमा के गर्ने योजना बनाएको छ ?
वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना लगायतका उद्योगहरु सरकारको नकरात्मक सोचका कारण बन्द भएका हुन् । तर अहिले संसारभर नै पब्लिक, प्राइभेट र पार्टनरसिप गरी थ्रिपिको अवधारणा आइसकेको अवस्था छ । यदि प्रदेश सरकारले सहयोग गर्दछ भने हामी वीरगंज चिनी कारखानालाई पनि चलाउन सक्नेछौं । हाम्रो वीरगंजमा चिनी मिल चलिरहेको अवस्थामा ‘दुई कट्ठा उख बा कथिके दुःख बा’ भनिन्थ्यो । यसरी दुई कट्ठा उखु लगाएपछि घरको सबै खाँचो टारिन्थ्यो । यसरी मिल बन्द भएसँगै बेरोजगारी समस्या पनि थपियो । यस्ता खालका कृषिजन्य उद्योगहरु खोल्नका लागि हामीले यहाँका उद्योगी र व्यापारीहरुलाई प्रोत्साहन गर्दछौं । जसबाट उद्योगको विकास हुन्छ ।
० वीरगंजलाई तस्करीको नाका भनेर आरोप लगाइन्छ यो आरोप लाई कसरी जवाफ दिनुहुन्छ ?
तस्करी यहाँको प्रशासनको मिलेमतोमा हुन्छ । यहाँका किसानले भनेको समयमा मलखाद किन्न पनि पाउँदैनन् । त्यसैकारण किसानले अन्य बाटो भएर एक दुई बोरा ल्याउँछन् । त्यो तस्करी होइन । तस्करी भनेको मिलेमतोमा गरिएको ठूलो मात्रामा अन्तर्शुुल्क र भन्सार छलीलाई भनिन्छ । त्यसलाई हामीले बढि भन्दा बढी मिनिमाइज गर्न सकिन्छ । एक जनाले भन्ने गरेका थिए प्रशासनले चाहने हो भने २४ घण्टामै सबै अपराधको नियन्त्रण गर्न सकिन्छ ।
० तपाई महानगरको मेयर पदका लागि निर्वाचनमा जित्ने आधार मूख्य समुदायको भोट पनि हो ?

सहि कुरा गुनुभयो । म आफैले निर्वाचन लड्न चाहेको होइन । यो त जनताको ‘अन द डिमाण्ड’ हो । मेरो मेडिकल कलेजमा आउनेहरु सबैले बारम्बार वीरगंज महानगरपालिकाको गतिबिधिका बारेमा झक्झकाउँनुभयो । यहाँका केहि नेताहरुले वीरगंज महानगरपालिकाको अवस्था बर्वाद बनाएको विषय उठ्यो ।
म एक अन्र्तावार्तामा बस्दा एक जना नेताले भने यो नेता विहिन क्षेत्र हो । के यहाँ सांसदहरु छैनन् ? किनकी यहाँ गर्न नचाहेको मात्रै हो मलाई जनताको माग र नेकपा एमालेको विश्वासको कारण नै उम्मेदवार बनेको हुँ । मैले उम्मेदवारी मनोनयन गरेको समयमा हामीलाई जिताउनुपर्छ भन्ने जनताहरु स्वच्छाले नै आएका थिए । तर, अन्य पार्टीका मानिसहरु भारतीय गाडीमा भारतीय मानिसहरु ओसारेका थिए । कस्को कति जनमत थियो ? भन्ने कुरा उम्मेदवारी दिँदाकै दिनमा प्रष्ट भएकै थियो ।
० तपाईले महानगरपालिकाका कर नतिरेको भन्ने आरोप प्रतिस्पर्धिहरुले लगाएका छन् नी ?
कुनै निहुँ नै नपाएपछि के के आरोप लगाइएको छ । दुई वर्ष अघि नगरपालिकाबाट पत्र आयो । मैले आफ्नो अडिट विवरण सहित एक करोड ४६ लाख रुपैया कर बुझाएको छु । अर्कोतिर महानगरपालिकामा मैले दिएको विवरण एक रुपैया पनि गलत छैन । हार्ने मानसिकताबाट ग्रसित पार्टी र व्यक्तिको यो हल्ला मात्रै हो ।
० तपाईले काठमाडौंमा सुरु गरेको लागेको नेशनल मेडिकल कलेजको विषयमा त धेरै नकरात्मक समाचारहरु आए नी ?
यो देशमा कांग्रेसीहरुले दर्जनौं मेडिकल कलेज सञ्चालन गरेका छन् । तर, काठमाडौं मेडिकल कलेज सर्वोच्च अदालतले दिएको परमादेशबाट सुरु गरिएको हो । यहाँका प्रधानमन्त्रीले ठाडो रुपमा यो कलेज एमालेको हो सम्बन्धन खारेज गर भनेर भिसीलाई आदेश दिने गर्दछन् । भिसीलाई धम्काउने काम गरिन्छ । यत्तिसम्म की गोबिन्द केसी नामका एक जना डाक्टरलाई अनसनमा बसाइन्छ र पहिलो बुँदामै हाम्रो कलेजलाई खारेजीको विषय उठाइन्छ । माफियासँग मिलेको भनेर आरोप लगाईन्छ । यो भन्दा दुःखको कुरा के हुन्छ ? एक नम्बरमा हाम्रो कलेजको खारेजीको माग राखिन्छ त्यसपछि मन्त्रीपरिषद्मा प्रस्ताव लगेर पास गरिन्छ । जब भिषीले यो सर्वोच्चका परमादेशमा गरिएको हो भनिरहेका छन् ।
० किन यस्तो भयो त ?
यो त सत प्रतिशतै राजनीतिक प्रतिशोध हो । हामीलाई यो कलेज सञ्चालनका लागि पूर्वमन्त्रीहरुले सबै स्वीकृती दिएकै हुन् । अहिले शिक्षामन्त्री कांग्रेस र स्वास्थ्यमन्त्री माओवादीको छ । प्रधानमन्त्री माओवादी र कांग्रेसको मिश्रणबाट बनेका छन् । तिनीहरु एमालेका हुन् र यो संस्था चलाउन दिनुहुँदैन भनिन्छ । प्रधानमन्त्रीले खारेज गरेको भनेर हामीलाई पत्र समेत दिन सकेनन् । के एमालेको हुँदैमा हामीले व्यापार गर्न नपाइने ? आज पनि मैले नेपाललाई नोक्सानी पुग्ने देशद्रोही कुनै काम गरेको छु भने सरकारले भनोस् हैन भने मैले मेडिकल कलेज नै सञ्चालन गर्न नपाउने ? यो देशमा कांग्रेसी बाहेक कसैले व्यापार गर्न नपाउने ? एउटा सिनेमामा गीत बनाइएको थियो ‘कृष्णजी करेलन त लीला, हम करे त क्यारेक्टर ढिला’ यहाँको नीति नै यस्तो छ त देश कसरी चल्छ ?
गोविन्द केसी कांग्रेसी दलाल हुन् । उनी कांग्रेसले जे भन्छन् त्यही नै गर्दछन् । उनलाई सुताएर त्यसको आडमा कांग्रेसीहरु शासन चलाउँछन् । नन्द प्रसाद अधिकारी मर्दा कोहि कांग्रेसीहरु किन बोलेनन् ? तर, गोविन्द केसीको भने किन सुत्न नपाउँदै माग पुरा गरिन्छ ?
० तपाईहरु अब के गर्नुहुन्छ ?
हामी अदालतको अबहेलनामा जान्छौं । पहिला पत्र त पाउनुप-यो । अस्पतालमा बिरामी छैनन् भनिएको छ । स्वास्थ्य मन्त्रीले भनेका छन् ‘अस्पताल चलाउँनै दिन्न’ । अर्कातिर विरामी छैनन् भनिन्छ । मैले स्वास्थ्य मन्त्रालयमा अनुमति माग्न जाँदा २०६८ सालमा नियम छैन भनियो । आज कसरी नियम आयो ? के मन्त्रीले बनाएर ऐन बन्छ ? के सरकारले नियम नेशनल मेडिकल कलेज माथि मात्रै लगाउने ? के एमालेको कार्यकर्ता हुँदैमा छुवाछुत गर्ने ?
वीरगंज मेडिकल कलेजले वार्षिक रुपमा १४ करोड राजश्व तिर्ने गर्दछ । यहाँ मात्रै २४ सय कर्मचारीहरु छन् । नेपालीहरु औषधि उपचारका लागि विदेशमा गएर खर्च गर्ने रकम रोकेका छौं । उल्टै थुप्रै बिरामी भारतबाट आएका छन् । त्यसैगरी नेपालका मात्रै होइन विदेशी विद्यार्थीहरु पनि ल्याएर पढाएका छौं । हामीले यहि मेडिकल कलेजमा नेपाल सरकारले पठाएका १५ जना विद्यार्थी प्रतिवर्ष निशुल्क पढाएका छौं ।
नेपाल सरकारले विदेशबाट दैनिक तीन जनाको दरमा लास आउँदा हेरेर बसेको छ । कैयौं नेपाली महिलाहरु बलात्कृत भएर विदेशमा रोइरहेका छन् । तर नेपालमै रोजगारी दिएर हामीले संचालन गरेको मेडिकल कलेज अनेक बहाना बनाएर रोकिन्छ ।
त्यसो त नेपालका सबै उद्योगहरु बन्द गराएर कमिसन खाने काम कांग्रेसीहरुले नै गराएका हुन् । वीरगंज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, बिराटनगर जुट मिल, भृकुटी कागज कारखाना, हेटौंडा कपडा उद्योग लगायतका कारखाना बन्द गरेर रोजगारी खत्तम बनाउने कांग्रसीहरु हैनन् ? के उद्योग धन्दा बन्द गराएर युवाहरु विदेशमा लखेट्ने देशभक्त र राष्ट्रभक्तहरु हुन् ?
० अन्तमा ..?
म वीरगंजबासीलाई एउटा अनुरोध गर्न चाहन्छु । एमाले पार्टी मधेश बिरोधी हैन । मधेशको कल्याणकारी हो । किनकी मधेशका लागि धेरै काम गरेको छ । तपाईहरु बसरुद्दिन अन्सारीका लागि जुन माया दिनुभएको छ । मत दिनुभन्दा अघि बिचार गरेर कुन योग्य उम्मेदवार छ बिचार गर्न अनुरोध गर्दछु ? साथै नेपाली नेता महोदयलाई पनि के अनुरोध गर्दछु भने विकासका मामिलामा राजनीतिकरण नगर्नुहोस् । सबै नेपाली समान हुन् तिनीहरुले गरेका सबै व्यापार समान नै हैसियतमा हेर्ने गर्नुहोस् । विद्यार्थीहरुलाई करोडौं खर्च गरेर विदेश पठाउने कार्यलाई रोक्ने कोशिश गर्नुहोस् । यो देशमा नेपालीहरुलाई स्वाह बनाउने कार्यमा दलालहरु अड्डा जमाएर बसेका छन् । नेपालका मेडिकल कलेजहरु बन्द गराउँदै विदेशमा विद्यार्थीहरु पठाएर दलाली बापतको. कमिसनले गुजरा चलाउँनेहरु धेरै छन् । त्यो काम बन्द गर्नुपर्दछ । देश आमुल परिवर्तनको दिशामा लैजानका लागि उद्योग धन्दा सञ्चालन गरेर युवाहरुलाई रोजगारी सिर्जना गर्नैपर्दछ । यहाँका नेताहरुमा यो सद्बुद्धि पलाओस् । देश इमान्दारीसाथ चलाउनुस भन्ने कामना गर्दछु ।
डायरी एक्सप्रेस साप्ताहिकबाट















प्रतिक्रिया