काठमाडौं । नेपाली सुगम संगीतका गायक तथा संगीतकार स्वरूपराज आचार्य निर्माता रहेको चलचित्र ‘साढे ७’ मा सत्यराज आचार्य पत्रकारको भूमिकामा देखिएका छन् ।
बुबा भक्तराजको जीवनीमा आधारित फिल्म ‘आचार्य’को शीर्ष भूमिकामार्फत अभिनय गरिसकेका सत्यफेरि ‘साढे सात’मा पनि शीर्ष भूमिकामा देखिदै छन् ।
बिहीबार ट्रेलर रिजिज समारोहमा स्वरूपराजले चलचित्रको विषयबारे जानकारी दिँदै नेपालीले भारतबाट भोगेको नाकाबन्दीमा चलचित्रको कथा केन्द्रितत रहेको बताए ।
साम्तेन भुटियाको निर्देशन रहेको उक्त फिल्ममा सत्यराजले फोटो पत्रकारको भूमिका निर्वाह गरेका छन् । फिल्ममा निर्देशक भुटियासहित सत्यराज र स्वरूपराज आचार्य, सुनील थापा, नरेशदेव पन्तका साथै डीजे सन्तोष निर्माताका रूपमा रहेका छन् ।
अनिश तामाङको छायांकन रहेको फिल्ममा संगीत सत्य–स्वरूपकै रहेको छ । फिल्मको रिलिज मिति मंसिर १५ राखिएको जानकारी दिए ।















प्रतिक्रिया