१५ कार्तिक २०८३, आइतबार

सुन तस्कर माओवादी नेताको दैनिक कमाइ दश लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । भोटेकोसी गाउँपालिकामा चुनाव जितेपछि अन्य उम्मेद्वार खुसी थिए । तर, अध्यक्षमा विजयी राजकुमार पौडेल त्यति खुसी थिएनन् । किनकी उनलाई व्यवसाय विग्रने चिन्ता थियो ।

उनी समकक्षी ब्यापारीसंग गुनासो गर्थे, चुनाव त जितियो, तर व्यवसाय चौपट हुने भयो । नागरिक दैनिकले समाचार छापेको छ ।

पौडेल निकट स्रोतका अनुसार उनी दैनिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको दाबी गर्थे ।

भदौ १५ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १५ किलो सुनसहित ७ जना पक्राउ गरेपछि उनको आम्दानीको स्रोत कन्टेनर व्यवसाय मात्रै देखिएन ।

ब्युरो अनुसन्धानमा पौडेल लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको पत्ता लाग्यो ।