१५ कार्तिक २०८३, आइतबार

पोखराको पहिचान बन्द भयो

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २८ भदौ । मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट व्यवस्थापनले कार्यरत सबै कर्मचारीलाई बिदा गरेको छ ।

कर्मचारी बिदाइ गर्दै व्यवस्थापनले केही महिनाका लागि पूर्ण रुपमा रिसोर्ट बन्द गरेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

आन्दोलनरत मजदुरका माग सल्टाउन नसकेपछि गत फागुन मध्यदेखि रिसोर्ट बन्द भएको थियो ।

पोखराको पहिचान मानिने रिसोर्टमा कार्यरत सबै एक सय १७ कर्मचारी गत शनिबारदेखि बेरोजगार बनेका छन् ।