१५ कार्तिक २०८३, आइतबार

अख्तियार छिर्न प्रहरीको लर्को

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । पहुँच र शक्तिका आधारमा सरूवा हुने प्रहरीको पुरानो रोग हो । आफूले चाहेको स्थानमा सरूवा नभएपछि जसरी भएपनि काजमा बस्ने र पहुच पुग्नेवित्तिकै चाहेको स्थानमा सरूवा हुने गर्छन् ।

प्रहरीका लागि आकर्षक मानिने विभिन्न कार्यालयहरू मध्ये अख्तियार दुरूपयोग अनुसन्धान आयोग पनि एक हो । आयोगमा सरूवा हुन प्रहरीमा प्रतिस्पर्धा नै हुने गरेको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

अनुसन्धान अधिकृतको नाममा अख्तियारले प्रायः सबै काविल अफिसरहरू तान्दै आएको छ । कोही छुटे भने आफै सोर्स लगाएर जाने गरेका छन् ।

महाभियोग लाग्दालाग्दै अदालतको फैसलाबाट बर्खास्त भएका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अख्तियारमा प्रहरी दरबन्दी ६ गुणाले वृद्धि गराएका थिए ।

दरबन्दी बढेसँगै अख्तियारमा पोस्टिङ खोज्दै राजनीतिक ‘सोर्स’ र अख्तियारकै ‘कृपा’ खोज्ने प्रवृत्ति प्रहरीमा बढेको छ ।

३५ एसपीको पदस्थापन गर्दा २८ जनाको ‘खाली’ को कारण देखाइएको छ । अख्तियार पठाइएका आठ जनाको हकमा भने कारण खुलाइएको छैन ।