काठमाडौं, २७ भदौ । फुटबलर किरणकुमार लिम्बु र ब्याडमिन्टनकी नङसल तामाङले पल्सर स्पोर्टस् अवार्ड २०७३ जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको सोमबार प्रज्ञाभवनमा आयोजना गरेको १४औं संस्करणको अवार्डमा लिम्बु वर्ष पुरुष तथा तामाङ वर्ष महिला खेलाडी बनेका हुन् ।
जुडोकी मनिता श्रेष्ठ प्रधान वर्षको यूवा खेलाडी घोषित भइन् । एथलेटिक्सका पुष्पराज ओझा वर्षका उत्कृष्ट बनेका छन् ।
मञ्चले पुरुष भलिबल टिमलाई टिम अफ दी इयर अवार्ड प्रदान गरेको छ । बन्दी सहायता गृह (पाम)ले विशेष अवार्ड पाएको छ । पुपुर च्वाइस अवार्ड एथलेटिक्सकी कान्छीमाया कोजुले जितेकी छिन् ।















प्रतिक्रिया