
स्याङजा, २७ भदौ । ३५ लाख फिरौती रकमको माग गर्दै बुटवल उपमहानगरपालिका ५ बस्ने बर्ष ३८ का जनुरदिन मियाँलाई अपहरण गरी फिरौती माग्ने ३ जनालाई स्याङ्जाको गल्याङ प्रहरीले प्रक्राउ गरेको छ ।
उनीहरुलाई शनिबार साँझ गल्याङ अस्पतालबाट प्रहरीले पक्राउ गरेको सोमबार प्रहरीले जानकारी दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका ६ निवासी २४ का सुन्दरप्रसाद अधिकारी, २७ का सन्तोष श्रेष्ठ र वडा नं. २ का ४० का मोहबिनदिन मियाँलाई प्रहरीले प्रक्राउगरी अनुसन्धान सुरु गरेको छ ।
पक्राउ पर्ने ३ जना वडा प्रहरी कार्यालय वालिङ्मा राखिएको छ । अपहरणकारीले चप्पल तथा जुत्ता ब्यापारी मियाँलाई अपहरणगरी, बन्दक बनाई कुटपिटगरि घाइते बनाएपछि गल्याङ अस्पतालमा उपचारको लागी लगेको थिए ।
घाइते अवस्थामा रहेका चिकित्सकलाई आफुलाई अपहरणपछि कुटपिट गरी घाइते वनाएको भन्दै प्रहरीलाई खवर गरीदिनका लागि लेखेर आग्रह गरेपछि अपहरणकारी पक्राउ परेका हुन । कुटपिटबाट गम्भिर घाइते भएका मियाँले अस्पतालमा लैजान आग्रह गर्दै फिरौती रकम दिन्छु भने पछिमात्र अपहरणकारीले उपचारका लागि अस्पताल लगेको मियाको भनाई छ ।
अस्पतालको सूचनाको आधारमा सही जनकराज रेग्मीको टोलीले गल्याङ अस्पतालबाट मियाँलाई अपहरण मुक्तगरेको प्रहरीले जनाएको छ । घाईते जनुरदिन र अपहरणकारी मोहबिनदिन कान्छाबुवा र ठुलाबुवाका छोराहरु दाजुभाई भएको बताईएको छ ।
प्रहरीले मियाको बा. ८ च. ३५६२ नं. को कार, कारभित्र अपहरणकारीको कालो झोलाभित्र ३ वटा खुकुरी, बायाँ हातमा लगाउने पन्चिङ सहितको रातो कालो पन्जा १ थान, कालो रङको फलामको पन्चिङ-१ थान, ड्रिल मेसिनको ड्रिप जस्तो देखिने फलामको ६ ईन्च लम्बाईको ड्रिप १ थान फेला परेको वडा प्रहरी कार्यालय वालिङ्का प्रमुख चिनकपुर गुरुङ्ले जानकारी दिए ।
त्यसैगरी, सामसुङ मोबाईल २ थान, हुवाई मोबाईल थान १, नोकिया कालो मोबाईल १ थान फेला पारी निज सुन्दर प्रसाद अधिकारी र सन्तोष श्रेष्ठको मोबाईल चेकजाँच गर्दा सुन्दरप्रसाद अधिकारीको मोबाईलमा निज जनुरदिन मियालाई अपहरण गरी बन्दक बनाई बाँधी कुटपिट गरी फिरौती माग गरेको भिडियो रेकर्ड फेला पारेको प्रहरीले जनाएको छ ।
अपरहणकारीले प्रयोग गरेका लु. १७ प. ९४३१ नं साईन, लु. २२ प. १४१२ नं. को पल्सर मोटर साईकलहरु समेत प्रहरी नियन्त्रणमा छ । पीडित पक्षले घट्ना सम्बन्धमा शरिर अपहरण, बन्दक तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि पक्राउ परेका तिनै जनालाई अदालतबाट म्याद थपगरि थप अनुसन्धान शुरु गरेको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।












प्रतिक्रिया