३० आश्विन २०८३, शुक्रबार

टेलिकमले ग्राहकलाई रुष्ट बनाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Telicom Tworकाठमाडौं, २० कात्तिक । खोटाङ जिल्लास्थित नेपाल टेलिकमले चित्तबुझ्दो सेवा दिन नसकेको सेवाग्राहीले गुनासो गरेका छन् ।

टेलिकम कर्मचारीले भने कर्मचारी नहुँदा गुणस्तर सेवा दिन नसकेको स्वीकारेको छ ।

दिक्तेलस्थित टेलिकम प्रमुख भरोषी साहका अनुसार १४ दरबन्दीमध्ये जिल्लामा दुई जना मात्र कर्मचारी हुँदा काममा बाधा पुगेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

उनका अनुसार कर्मचारी अभाव हुँदा खोटाङबजार, चिसापानी, सिम्पानी, जालपा, अर्खौले लगायतका गाविसमा टेलिफोन विस्तार हुन नसकेको हो ।

यसबाहेक कार्यालयको अन्य काम पनि भइरहने भएकाले कामको मेसो नसरेको साहले बताए । काम बग्रेल्ती छ । प्रमुख साहले भने,कुन गर्नु-गर्नु । साहले थपे,सम्बन्धित निकायमा माग गर्दा समेत सुनुवाई भएन ।

खोटाङका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले कर्मचारी अभावमा टेलिकमको काम चित्तबुझ्दो नभएको बताए ।