काठमाडौं, २६ भदौ । एसीसी यू–१९ इर्स्टन रिजन प्रतियोगितामा नेपालले थाइल्याण्डमाथि २५५ रनअन्तरको शानदार जित हात पारेको छ । यससँगै प्रतियोगितामा राम्रो सुरुवात पनि गरेको छ । खेलमा सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै एक्लैले ७ विकेट लिए ।
खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनायो । जवाफी व्याटिंग गरेको थाइल्याण्ड नेपाली बलरसामू धेरैबेर टिकेन, १० ओभरमा २६ रन जोड्दा अलआउट भयो ।
नेपालका लागि अनिलकुमार शाहले सर्वाधिक ९१ रन बनाए । उनले ७४ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै, प्रनित थापा मगरले अर्धशकत पुरा गरे । ६१ बलको सामना गरेका उनले तीन चौका र एक छक्कासहित ५० रन बनाए ।
सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो २ रनमा अविजित रहे ।
















प्रतिक्रिया