३ कार्तिक २०८३, मंगलबार

प्रनिता र रञ्जिता बने टिन प्रिन्सेस र ब्युटिसियन डिभा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युवतीहरुको सुन्दरतासँगै क्षमता उजागरको लागि टिन प्रिन्सेस डिभा र व्युटिसियनहरुको लागि ब्यूटिसिएन डिभा २०१७ राजधानीमा सम्पन्न भएको छ ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको चौथो संस्करणको ब्यूटिसिएन डिभाको ताज रन्जिता केसीले पहिरिएकी छिन् । उक्त डिभामा डिभिसा बस्याल फस्ट रनरप बनेकी छिन् भने सेकेण्ड रनरपको ताज सष्मा प्रधानले हात पारेकी छिन् । ब्यूटिसिएन डिभालाई क्राउनसहित ५० हजार, फस्ट रनरपलाई ३० र सेकेण्ड रनरपलाई २० हजार रुपैयाँबराबरको गिफ्ट ह्याम्पर तथा नगत प्रदान गरिएको छ ।

उनीहरुलाई विभिन्न स्कलरसिपसमेत प्रदान गरिएको रेडिययन्ट इभेन्ट म्यानेजमेन्टका डाइरेक्टर राज पैजुले जानकारी दिए । मिस ब्यूटिसिएन डिभामा १३ जना जना प्रतिस्पर्धी रहेका थिए ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्धारा आयोजित दोस्रो संस्करणको टिन प्रिन्सेस् डिभा २०१७ को ताज भने प्रनिता प्रधानले हात पारेकी छिन् । उक्त डिभाामा एलिजा ओली फस्ट रनरअप बनेकी छिन् भने सेकेण्ड रनरपको ताज रोशिका शाक्यले उचालेकी छिन् । टिन प्रिन्सेसमा १५ जनाको सहभागिता रहेको थियो । टिन प्रिन्सेस डिभाका विजेताहरुले २५र२५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

त्यस्तै, उनीहरुलाई विज्ञापन खेल्ने अवसर, अस्ट्रेलियाको लागि फ्रि स्कलरसिपलगायतको सुविधा पनि प्रधान गरिएको छ । दुबै प्रतियोगिताको विजेतालाई रेडियन्टकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले उपहार तथा छात्रवृत्रि प्रदान गरेकी थिइन् । प्रतियोगिताको कार्यक्रमको कोरियाग्राफि राज फैजुले गरेका थिए भने एनि तन्डुकारले डे«स डिजाइनिङ्ग गरेकी थिइन् ।

प्रतियोगितामा सहभागिहरुले गायिका, नृत्य, अभिनयदेखि स्टाफ नर्स, सामाजिक सेवा गर्ने बताएका थिए । प्रतियोगितामा टप सेभेन हुँदैन टप थ्री छनौट गरिएको डाइरेक्टर राजले बताए । उक्त प्रतियोगितामा अरु पनि विभिन्न विधामा उत्कृष्टलाई उपहार प्रदान गरिएको थियो ।