३ कार्तिक २०८३, मंगलबार

५०औं जन्मदिनमा फ्यानलाई अक्षय कुमारले दिए विशेष गिफ्ट!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको ५०औं जन्मदिनमा फ्यान र दर्शकलाई एक खास गिफ्ट मिलेको छ । त्यो हो उनको आगामी फिल्म ‘गोल्ड’को पहिलो पोस्टर सार्वजनिक हुनु, जसमा अक्षयको १९४८ को लण्डन ओलम्पिकका गोल्ड मेडलको ब्याकग्राउण्डमा अनुहार देखिएको छ र तल स्टेडियममा खेलाडी ओलम्पिक खेलको उदघाटनका अवसरमा मार्च पास गरिरहेको देखिएका छन् ।

यो पोस्टरलाई शेयर गर्दै अक्षयले लेखेका छन्– हरेक बादलसँग एक सिल्वर कलर हुन्छ, तर तपाईको मायाका कारण मेरो बादललाई ‘गोल्ड’को लाइनिंग मिलेको छ । जसरी मेरो उमेर पनि अब गोल्डमा तब्दिल भइरहेको छ । एक यस्तो फिल्मको पोस्टर तपाईसँग शेयर गर्दैछु, जो मेरो मुटुको निकै नजिक छ ।’