१५ कार्तिक २०८३, आइतबार

कांग्रेसका सांसदले काठमाडौं फन पार्क कौडीको भाउमा चलाउँदै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाडौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको वर्षौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन् ।

जग्गा तथा घरटहरा भाडामा दिएको १४ वर्ष बित्दासमेत सदस्य सचिव, परिषद्का बोर्डसम्मका पदाधिकारी तैं चुप मै चुप गरी बसिरहेका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

राज्यमन्त्री समेत भइसकेका कांग्रेस सांसद टेकबहादुर गुरुङका परिवारका सदस्यहरू पाल्देन गुरुङ र रविन्द्र गुरुङलाई पालैपालो १४ वर्षदेखि परिषद् बोर्ड र कार्यसमितिका सदस्यसँगको मिलेमतोमा विधि र प्रक्रियामा नगाइ सो जग्गा कौडीको मोलमा भाडामा दिएर परिषद्ले करोडौं रुपैयाँ नोक्सान हुँदा सबै मौन बसेका छन् ।

फन पार्कले ६४ रेपानी जग्गा २०५७ सालमा मासिक चार लाख ७५ हजार रुपियाँ बुझाउने सर्तमा चार वर्षका लागि सम्झौता गरेको थियो ।