काठमाडौंमा गुण्डागर्दी नियन्त्रणमा चर्चा कमाएका एसएसपी रमेश खरेल अपराध नियन्त्रणमा भने पूर्ण रुपमा असफल भएका छन् । राजधानीमा पछिल्लो एक महिना चोरी र लुटपाट यसरी बढेका छन् कि प्रहरी पुरै असफल भएको छ ।
दिनप्रतिदिन अपराध बढ्दै गएपछि काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश खरेल पनि संकटमा परेका छन् । गृहमन्त्री बामदेव गौतम उनलाई हटाउन बहाना खोजेर बसिरहेका बेला काठमाडौंको सुरक्षा अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएपछि खरेललाई हटाउनेबाटे गौतमले समेत तयारी गरेको स्रोत बताउँछ ।













प्रतिक्रिया