काठमाडौं, २४ भदौ । पिनकल एकेडेमीका अजितकुमार यादव र श्री सीतापाइला माविकी हुमी बुढा मगरले उपत्यकाव्यापी विद्यालयस्तरीय सडक दौड प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । अजित छात्रको ५ किलोमिटर तथा हुमी छात्राको ३ किलोमिटर दूरीमा पहिलो भएका हुन् ।
छात्रमा पिनाकलकै हेमराज थापा दोश्रो र टंगाल उमाविका राजेन्द्र तामाङ तेश्रो भए । छात्रामा सुदेशा हाइ स्कुलकी काजल विष्टले रजत तथा विजेश्वरीकी कुशलता तामाङले कांस्य जिते । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार जिते ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले एक कार्यक्रमबीच उद्घाटन गरे ।
अन्तर्राष्ट्रिय शिक्षा दिवस तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्द्वारा संयुक्त आयोजित दौडमा १ हजार २ सय प्रतिस्पर्धीले सहभागिता जनाएको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् ।
दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः रंगशालामै आएर सकिएको थियो ।















प्रतिक्रिया