१५ कार्तिक २०८३, आइतबार

आयल निगमको भ्रष्टाचारबारे अमेरिकाले मुख खोल्यो

17.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । अमेरिकी राजदूत एलाइना तेप्लिजले भ्रष्टाचारका घटनाबारे सरकारले छानबिन गर्नुपर्ने बताएकी छन् ।

आयल निगममा भएको घोटालाबारे प्रतिक्रिया जनाउँदै राजदूत तेप्लिजले यस्तो प्रतिक्रिया दिएकी हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

रिपब्लिका अंग्रेजी दैनिकको बुधबारको सम्पादकीय ट्विट गर्दै उनले भनेकि छन्, ‘भ्रष्टाचारका रिपोर्ट सर्वत्र छन् । सरकारले तिनमा संलग्नलाई निलम्बन, अनुसन्धान र यस्ता कलंक अन्त्यका लागि भ्रष्टाचार मुद्दामा आक्रामक रुपमा छानबिन अघि बढाउनुपर्छ ।’