काठमाडौं, १९ कात्तिक । मुलुकमा नयाँ संविधान बनाउने विषयमा दलहरुबीच सहमित नभएको र तोकिएको समयमा संविधान बन्ने विषयमा शंका उत्पन्न भएको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाह साताब्यापी भ्रमणका लागि पर्सि शुक्रबार भारत जाने भएका छन् ।
नयाँ बन्ने संविधानमा नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने माग गर्दै राप्रपा नेपाल र कांग्रेस नेता खुमबहादुर खड्काको समूहले आन्दोलन चर्काउन खोजिरहदाँ पूर्वराजाको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।
निर्मल निवासले भ्रमणलाई अति गोप्य राखेको समाचार आजको नेपाल समचार पत्र दैनिकले छापेको छ ।















प्रतिक्रिया