१५ कार्तिक २०८३, आइतबार

राप्रपाका दुई सांसदको पद धरापमा !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का दुई जना सांसदको पद धरापमा परेको छ ।

तत्कालीन राप्रपा नेपालबाट समानुपातिकबाट सांसद बनेका लीलादेवी श्रेष्ठ (इलाम) र राजेश्वरी देवी (सर्लाही)को पद धरापमा परेको संसद सचिवालय उच्च स्रोतले जनाएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

पार्टी विभाजनका बेला पशुपति शम्शेर राणा समूहतिर हस्ताक्षर गरेका श्रेष्ठ र देवीले आफूहरूको हस्ताक्षर नक्कली रहेको भन्दै ब्याक भएका थिए ।

तर, सभामुखले लीला र राजेश्वरीको सनाखत गरिसकेकाले उनीहरूको सांसद संकटमा परेको हो ।

सनाखतअनुसार संसद सचिवालयले उनीहरूलाई राणा समूहको राप्रपा (प्रजातान्त्रिक)को बेञ्चमा बस्नका लागि व्यवस्था गरिएको संसद सचिवालय स्रोतको भनाई छ ।

यस विषयमा सोधिएको जिज्ञासामा राप्रपाकी सांसद लीलादेवी श्रेष्ठले आफूहरूले राणा समूहको राप्रपा (प्रजातान्त्रिक)का लागि कुनै हस्ताक्षर नगरेको दाबी गरिन् ।

‘चुनाव चिन्हलाई लिएर हामीलाई हस्ताक्षर गराइएको थियो’, सांसद श्रेष्ठले भनिन्,‘पार्टी विभाजनका लागि भनेर पशुपति शम्शेर राणाले भनेको ठाउँमा हस्ताक्षर गरेका छैनौँ ।’

उनले भनिन्,‘नक्कली हस्ताक्षरका सम्बन्धमा सभामुखलाई पत्र बुझिएर जानकारी दिइसकिएको छ ।’

संसद सचिवालय र निर्वाचन आयोगले अहिले पनि सांसदद्वय लीलादेवी श्रेष्ठ र राजेश्वरी देवीलाई राप्रपा (प्रजातान्त्रिक)मा गणना गर्दै आएको स्रोतको भनाइ छ ।

राणा समूहको राप्रपा (प्रजातान्त्रिक)ले यी दुई सांसदलाई कारबाहीका लागि संसद सचिवालयलाई पत्र पठाउने हो भने सांसद पद खुस्कने दाबी गरिएको छ ।