खगेन्द्र कार्की
कतार । अन्तराष्ट्रिय नेपाली कलाकार समाज दोहा कतारले संस्थाका संस्थापक कोषाध्यक्ष तिलक राम्दाम कतारको बसाईलाई बिट मारेर मातृभूमि फर्कन लाग्नु भएकोले एक कार्यक्रमकाबीच उहाँको बिदाई गरिएको छ ।
३१ अक्टोबर साँझ दोहा स्थित गोल्डेन फर्क रेष्टुरेण्टमा आयोजित कार्यक्रममा उहाँलाई बिदाई गरिएको हो । संस्थाका अध्यक्ष महेन्द्रप्रसाद पोखरेलको सभापतित्व तथा संस्थाका सल्लाहकार समाजसेवी ईश्वर काफ्लेको प्रमुख आतिथ्यतामा संस्थाका पदाधिकारी, सदस्य तथा स्थानीय कलाकारहरु रम्दामको बिदाईका लागि कार्यक्रम हलमा उल्लेख्य उपस्थित रहेको थियो ।
‘सांस्कृतिक उत्थान हाम्रो प्राथमिकता लेखक, कलाकारको हित संरक्षण हाम्रो प्रतिबद्धता’ मूल नाराका स्थापित अनेकसले सभापतिको आसनबाट बोल्दै समाजका अध्यक्ष पोखरेलले राम्दामको अभाब समाजमा सदैब खड्कीरहने तर प्रवास सँधैको लागि नहुने भएकाले समयानुकूल सबै मातृभूमि फर्कनु पर्ने र मातृभूमिमै बाँच्ने आधार तयार गर्नुपर्ने भएको त्यो लक्ष्यका साथ जान लाग्नु भएकोले दुःख मान्नु नहुने बताउनुभयो ।
त्यस्तै मन्तब्यकै क्रममा समाजसेवी ईश्वर काफ्लेले राम्दामको खुलेर गर्नुभयो । उहाँले रम्दानको नेपाल बसाई सुखद, उपलब्धीमूलक रहोस् भन्दै व्यक्तिगत र पारिवारिक समृद्धिको कामना गर्नुभयो । उपस्थीत सम्पुर्ण कलाकारहरुले राम्दामको बिदाईमा खादा तथा उपहार प्रदान गर्दै शुभकामना दिएका थिए । प्रशंसा–पत्र वितरण र चियापानसँगै कार्यक्रमको समापन गरिएको थियो ।














प्रतिक्रिया