मलेसिया । भिन्ना भिन्नै घटनामा मलेसियाको केलाङ्ग मेरुस्थित एक कम्पनीमा कार्यरत २ जना नेपाली श्रमिकको मृत्यु भएको छ ।
मेरुमा रहेको जिएक्स ग्लोवे कम्पनीमा कार्यरत सर्लाहीका २२ बर्षीय नाम नखुलेका युवाको मृत्यु भएको हो । रात्रीकालीन काम सकेर कम्पनीबाट होस्टेल फर्कन लागेका बाटो काट्ने क्रममा सडक दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो । एउटा कारले ठक्कर दिँदा घाइते बनेका उनको विपरित दिशाबाट आएको अर्को कारले पनि ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हा । उनको शव हाल केलाङ्ग अस्पतालमा राखिएको छ ।
त्यसैगरी, सप्तरी घर भएका चन्दन सरदारको पनि अचानक मृत्यु भएको छ । बेलुकासम्म कोठामा रहेका उनी साँझ मुटु दुखेको भन्दै सिकिस्त भएका थिए । उनको उपचारका लागी एम्वुलेन्स वोलाए पनि तत्काल मृत्यु भएपछि उनको शवलाइ केलाङ्ग अस्पतालमा राखिएका्े छ । मृत्यु भएका २ जनालाइ नै कम्पनीले बिमा रकम नदिने वताएको उनका साथीले जानकारी गराए । दुवै जनाको शवलाइ नेपाल पठाउने प्रक्रिया भने सुरु गरिएको छ ।














प्रतिक्रिया