३० आश्विन २०८३, शुक्रबार

अहिलेको व्यवस्था लोकतान्त्रिक गणतन्त्र हो वा भ्रष्टतन्त्र ?

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– जम्बला लामा

हाम्रो देश नेपालमा माथिको शीर्षकजस्तै प्रश्नहरु अहिले आक्रामक रुपमा आएका छन् । जताततै अप्रजातन्त्रको अभ्यास भइरहेको महसुस भएको छ । अतः सरकारमा हेर्यो भनेपनि त्यस्तै आभास हुन्छन् जनतालाई । मतलब जब चुनाव आउछ विभिन्न पार्टीको प्रतिनिधिहरु तात्छन र गाउँ शहर नगर, नगरमा चुनाव प्रसार प्रचारमा व्यस्त देख्छन् । र जब चुनावको माहोल सक्छन र जित्नेले जित्छन हार्नेले हार्छन । तर, जनताले आगोको रापमा परेजस्तो गरी चुनावको बखतमा बाढी, पहिरो र वर्षात नभनी छाता ओडेर लामबद्ध बसी आफ्नो बालिक मत अधिकार प्रयोग गर्छन । आफ्नो हकहित अधिकार प्राप्तीको लागि । तर, नेताहरु भने चुनाव हुनुभन्दा अधि धेरै सपना बाड्ने गर्छन । तर चुनाव सकिसकेपछी जुन आफूले भोट दिएर निर्वाचित भएको प्रतिनिधिहरुको नाक मुख पनि देख्न नपाउने र उनले बाडेको सपनाको पर्खाइमा नै ५ वर्षको समय कुर्दा पनि उनलाई भेट्न मुस्किल पर्छ । र त्यसपछीको अर्थात ५ वर्षपछीको निर्वाचनमा त अर्कै अनुहारको प्रतिनिधि खडा हुन्छन् । अनि हामी मत दिने जनताको हात सधै खाली (रित्तो) हुन्छन् ।

चीन र भारतको दोक्लम विवादमा नेपाल तटस्थ बसेजस्तो गरी सरकार जनता र भ्रष्टको बीचमा तटस्थ बस्नु भनेको राष्ट्रलाई नै सिध्याउने खेल हो । नत्र सरकारले गोपाल खड्कामाथि भ्रष्टाचारको अभियोग किन लगाउन सकेन, के सरकार गोपाल खड्काको छाया देखिनै तर्सिन्छ की के हो ? वर्तमान म्यादी सरकार भएको कारणले हो की ?

नेताहरुले जनतालाई भन्छन् सार्वभौमसत्ता जनताको हातमा र लोकतन्त्र पनि । लोकतान्त्रिक गणतन्त्र भन्छन जनतालाई तर लोकतन्त्र आएको नै १२ वर्ष बितिसक्दा पनि जनताले लोकतान्त्रिक गणतन्त्रको महसुस गर्न सकेको छैन । मात्र लोकतन्त्रको भोगचलन गर्ने मात्र कर्मचारी र समग्रमा भन्नु पर्दामा लोकतन्त्रको महान नेताहरुले नै लोकतन्त्रलाई भष्ट्रतन्त्रको माहोल बनाएको महसुस भएको छ । यी तीन पार्टीले कहिले सम्ममा जनतालाई लोकतन्त्रको अभ्यासमा ल्याउन सक्छ भने हालसम्म पनि निक्यौला निकाल्न सकेको छैन । कारण बाहिर देखाउनमा जनताको अगाडी पाखुरा निमोठी फलानो पार्टीको गद्धारले गर्दा हामी सरकारमा भएपनि काम गर्न दिएन । बडो गाह्रो भएको छ भनि वहानाबाजी देखाउने र भित्रि भित्रि भ्रष्टाचारको माहोल बढाउने शिवाय अरु केही माखो नमारेको नागरिकको विचार हो ।

वर्तमान सरकारको कमजोरी

लेखक

वर्तमान सरकारकै मिलोमतोमा नेपाल आयल निगममा भएको ठूलो भ्रष्टाचारमा फसेको प्रवन्ध निर्देशक गोपाल बहादुर खड्कालाई बचाउ गरी रहेको २ करोड ८० लाख जनतालाई नै महसुस भएको छ । यस्तो देशमारा महा खुङ्खार व्यक्ति गोपाल खड्कालाई कारवाही गर्नको सट्टा उनलाई नै लक्ष्मी सम्झेर पुजा गरी रहनु भनेको वर्तमान सरकारको प्रधानमन्त्री देउवा र सरकारको साझेदार पार्टी माओवादी अध्यक्ष प्रचण्ड मौन बस्नु जनतालाई महाधोका हो । अर्थात चीन र भारतको दोक्लम विषयमा नेपाल तटस्थ भनेजस्तो गरी सरकार जनता र भष्ट्रको बिचमा तटस्थ बस्नु भनेको राष्ट्रलाई नै सिध्याउने खेल हो । नत्र सरकारले गोपाल खड्कामाथि भ्रष्टाचारको अभियोग किन लगाउन सकेन । के सरकार गोपाल खड्काको छाया देखिनै तर्सिन्छ की के हो ? वर्तमान म्यादी सरकार भएको कारणले हो की ? गोपाल खड्कालाई कारवाही गर्न सरकार पछी हटेको देखिन्छ । खड्काले हाल मात्र होइन भ्रष्टाचार गरेको । उनको भ्रष्टाचारको कार्य २०७२ सालको भूकम्पको बेलामा पनि उनले ग्याँस, मट्टितेल र पेटो«ल डिजेलमा पनि भ्रष्टाचार गरेको नै थियो । त्यतिखेर पनि उनको विरुद्धमा व्यापक प्रचार भएको नै थियो । तर त्यस बेलामा पनि उनलाई छुट दिएका कारणले गर्दा गोपाल खड्काले साझा संस्थाको टेकु स्थित महङ्गो जग्गालाई पनि प्याजको भाउमा पारी आयल स्टोर गर्ने भनी ठूलो भ्रष्टाचार गरेको होइन र ?

वर्तमान सरकारले गरेको उच्च कार्यहरु !

नम्बर १ मा डिआईजी नवराज सिलवालभन्दा पनि बरियतामा दोस्रो स्थानमा रहेका डीआइजी प्रकाश अर्याललाई आईजीपी नियुक्ति, नम्बर २ मा १ मात्र महिला प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग । नम्बर ३ मा जयबहादुर चन्दलाई धोका दिई प्रकाश अर्याललाई आईजीपी नियुक्ति । नम्बर ४ मा संविधान विधेयक प्रक्रियामा जादा असफल भएको थियो । यो सरकार जनताले चुनेर पठाएको सरकार होइन । यो सरकार आपसमा दुई व्यक्ति अर्थात तालमेल गरी नौं नौं महिनामा आलोपालोको सम्झौता गरी सरकार फेर्ने सम्झौता गरी जनतालाई घुमराहा (अप्ठेरो) मा राखी भ्रष्टाचारलाई उन्मुक्ति दिने र चुनावको माहोल आफूप्रति आकर्षित पार्ने बाहेक अरु केही पनि माखा मार्ने वाला नभएकोले मात्र यी चार विषय भने वर्तमान सरकारले सफल गरेको बुझ्न सकिन्छ ।

न्यायलयको पनि ‘चर्तिकला‘

हालैमात्र सर्वाेच्च अदालत जस्तो गरिमामय अदालतले पनि राम्रो सँग ध्यान नपुर्याई आँखा नै चिम्म गरी फैसला हुने भनेको २ करोड ८० लाख जनसमुदायको नै अपमान भएको महसुस भएको छ । अर्थात राजस्व विभागको निलम्बित प्रमुख चुडामडी शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग द्धारा उनलाई ३ अर्व बराबरको धरौटी माग दावीसहित उनलाई विशेष अदालतमा भ्रष्टाचार विरुद्धको केश दर्ता गरेको थियो । उनले राजस्व महाशाखामा ४ वर्ष कार्यकाल चलाउदै गर्दाखेरी विभिन्न व्यापारीहरुसँग कर छुट र जनताले तिरेको भ्याटको रकम फिर्ता समेत गरी करिबन ३३ अर्ब रुपैया बराबरको राजस्व घाटा गरी राष्ट्रलाई क्षति पुर्याएको थियो । यस्तो व्यक्ति चुडामडी शर्मालाई सर्वोच्च अदालतले नै आँखा चिम्म गरी न्यायको मुर्ति देवीको अपमान भयो की भन्ने सामाजिक सञ्जालमा व्यापक भएको समाचारहर पढ्न पाएको थियो । एकातिर भ्रष्टाचार मौलाउँदै जाने र अख्तियारले कारवाही गरी विशेष अदालतमा बुझाउँदा सर्बोच्च तहबाट छुट गरीदिदा के यो भ्रष्टाचार समाप्त गर्न सक्छ ? अनि देश र जनता न्यायलय अख्तियार र भ्रष्टको पेचुवामा पर्ने त होइन ? त्यसकारण न्यायलयबाट निष्पक्ष ढंगबाट आफ्नो सो विचार विवेकले सही छ की छैन ? यदि सही छ भने उनलाई कारवाही अगाडि बढाऔं यदि सही होइन रहेछ भने मुक्ति दिने हो । त्यसैको लागि अदालत उच्च अदालत र सर्बोच्च अदालत बनाएको होइन ?

राजपाको दोहोरो चरित्र, हिरो उपेन्द्र यादव

२०६२/०६३ जनआन्दोलनको हिरो उपेन्द्र यादवालाई फकाई फुल्याई यी काँग्रेसबाट चौटेर गएको नेता महन्थ ठाकुर, विजय गच्छादार, जयप्रसाद गुप्ता, सरद सिं भण्डारी जस्तो खुंखार काँग्रेस व्यक्तिले उपेन्द्र यादवको सबैभन्दा ठूलो पार्टी मधेशी जनअधिकार फोरममा सामेल भएर उपेन्द्र यादवलाई नै अध्यक्षबाट हटाएर मधेशी जनअधिकार फोरम पार्टीलाई चकनाचुर पारी ३२–३३ पार्टीमा परिणत गरेको होइन र ? मधेशी जनताले यसो फर्केर हेर्दा उपेन्द्र यादव नै मधेशको सच्चा नेता भएको सुन्नमा आएको छ ।

देशमा भ्रष्टचारले सीमा नाघिसकेको छ । तर यी राजपा मण्डलको कुनै पनि नेताले चुँसम्म पनि नबोल्नुको कारण के हो ? यिनीहरु गरिव मधेशी जनताको काँधमा चढी पहाडियालाई विरोधी भाषा बोली जनतालाई उक्साउन हुन्छ ? यदि ताकत छ भने अव चुनावमा जनमत हात पारी देखाउन सक्नुपर्यो । मुखले अरुलाई गाली मात्र गरेर होइन देखाउन सक्नु पर्यो । त्यसैकारण जनतालाई यो व्यवस्था लोकतान्त्रिक गणतन्त्र हो की भ्रष्टतन्त्र जस्तो भनि बुझ्न अप्ठेरो परेको छ ।

(लेखक बौद्ध जागरण केन्द्र तथा स्तुपा फाउण्डेशनका केन्द्रिय सदस्य हुन् ।)