३ कार्तिक २०८३, मंगलबार

बाहिरियो ‘नेपाल आइडल’भित्रको रहस्य, आलोचकहरूलाई कारबाही सुरु

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २० भदौ । ‘नेपाल आइडल’को विवाद बढेर चौतर्फी विरोध भएपछि नेपालस्थित आयोजक संस्थाले गालीगलौजमा नउत्रिन आलोचकहरूलाई चेतावनी दिएको छ ।

नेपाल आइडलका निर्णयक टिम (जज)ले गरेको केही बिवादस्पद निर्णय र भोटिङमा विवाद भएपछि आलोचना सुरु भएको थियो ।

एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको नेपाल आइडलले अन्तिम प्रतियोगी छनोटका लागि खुल्ला गरेको भोटिङको अवसरमा आयोजकले पैसाको चलखेल गरेको आरोप सामाजिक सञ्जालमा लाग्दै आएको छ ।

पत्रकार कुशुम भट्टराईले नेपाल आइडलका नाममा एसएमएसमार्फत करोडौ रुपियाँमा लुट मच्चाएको आरोप लगाउँदै सरकारी निकायलाई छानविनको माग समेत गरेका थिए ।

नेपाल आइडल आयोजक संस्था र निर्णायकहरूले प्रतिभाभन्दा पनि पैसालाई महत्व दिएर क्षपतावान प्रतियोगीलाई आइडलबाट बाहिर राखेको आरोप लाग्दै आएको छ ।

निर्णायकहरूले निष्पक्षभन्दा पनि आयोजकको चहाना पूरा गरेको आरोप नेपाल आइडलका संचालक तथा आयोजकलाई सर्वसाधारणले लगाउने गरेका छन् ।

कार्यक्रम तथा कार्यक्रम निर्माण कम्पनीप्रति सामाजिक संजालमा टिकाटिप्पणी गर्नेहरूलाई आयोजक संस्थाले आफ्नो फेसबुक पेजमार्फत १२ बुँदाको स्ट्याटस लेखेर कारबाहीको धम्की दिएको छ ।

आयोजकले कार्यक्रमका आयोजक तथा निर्णायकप्रति जथाभाबी शब्द प्रयोग गरेर सामाजिक संजालमा उडाउनेलाई कारबाही गर्ने धम्की दिएको हो ।

‘आइडलमा जे भइरहेको छ, शोको नियमको अधिनमा रही शोको लाईसेन्स दिनेले भने अनुसार गरिएको छ । अमेरिकन वा ईन्डियन आईडलमा जे हुन्छ, नेपाल आईडलमा पनि त्यहि भएको हो’, आयोजकले स्ट्याटसमा लेखेको छ, ‘नेपाल आइडलका बारेमा जथाभावी र सहनै नसकिने गालीगलौच, तुच्छ विचार र अमर्यादित शब्द सामाजिक संजालहरूमा पोष्ट गरेर आईडलको प्रतिष्ठि, जज, कर्तव्यनिष्ठ कर्मचारी एवं मर्यादित कम्पनीप्रति जथाभावी लक्षित गर्दै आफ्नो कुण्ठा व्यक्त गर्ने छूट कसैलाई पनि छैन भन्ने सचेत गराउँदछौ ।’

स्ट्याटसमा भनिएको छ, ‘हाम्राविरुद्ध अनर्गल प्रचारबाजी गर्ने, गालीगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाईनहरूको डेटाबेस तयार गरी प्रहरीमा बुझाउने काम गरिरहेका छौ, र साइबर क्राईम अन्तर्गत ती सबै पक्षलाई कडाभन्दा कडा कारवाही गराउने तयारीमा छौ साथै ती सबैका नाम धेरैभन्दा धेरै मिडियामा प्रकाशित समेत गर्ने छौ ।’

000

१. जे गरिएको छ, शोको नियमको अधीनमा रहि शोको लाईसेन्स दिनेले भनेअनुसार गरिएको छ। अमेरिकन वा ईन्डियन अाईडलमा जे हुन्छ, नेपाल अाईडलमा पनि त्यहि भएकाे हाे ।

२. नेपाल आईडलका बारेमा जथाभावी र सहनै नसकिने गालीगलौच, तुच्छ विचार र अमर्यादित शब्द सामाजिक संजालहरुमा पोष्ट गरेर केही व्यक्तिले स्वयंकै स्तर त जनाएका छन् साथै ती संगीतसाधक नेपाल आईडलका प्रतिस्पर्धीहरु लाई हानीसमेत पुय्राउँदै आएका छन ।

३. असन्तुष्टिको पनि तरिका हुन्छ, ईन्टरनेटमा पहुँच छ भन्दैमा समाजलाई अपाच्य हुने तल्लोस्तरको भाषा नेपाल आईडलका प्रतिष्ठित जज, कर्तव्यनिष्ठ कर्मचारी एवं मर्यादित कम्पनीप्रति जथाभावी लक्षित गर्दै आफ्नो कुण्ठा व्यक्त गर्ने छूट कसैलाई पनि छैन भन्ने सचेत गराउँदछौ।

४. हामी तर्कयुक्त गुनासो अवश्य पनि सुन्नेछौ र त्यसको सम्बोधन पनि गर्नेछौ तर हामीलाई अनाहकमा तथानाम भन्दै जाने र हामी एपिवान चुप लागेर सहेर बस्ने प्रकृतिका व्यक्तिहरुको समूहले गठीत कंपनी अवश्य पनि हैनौ भन्नेतर्फ ती असभ्यहरूको ध्यानाकृष्ट गराउँदछौ।

५. त्यसैले हाम्राविरुद्ध अनर्गल प्रचारबाजी गर्ने, गालीगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाईनहरुको डेटाबेस तयार गरि प्रहरीमा बुझाउने काम गरिरहेका छौ र साइबर क्राईम अन्तर्गत ती सबै पक्षलाई कडाभन्दा कडा कारवाही गराउने तयारीमा छौ साथै ती सबैका नाम धेरैभन्दा धेरै मिडियामा प्रकाशितसमेत गर्नेछौ ।

६. अहिले नानाभाती शंका गरि विद्वेस फैलाउने तर भोली आफुले चाहेकै प्रतिस्पर्धी नेपाल आईडल भएको खण्डमा कुन नैतिकताले हो त्यो स्वीकार्ने ? अलिकता पनि हेक्का छ कि छैन? हामी नेपालीले नेपाली कार्यक्रमलाई विवादित बनाई बन्द गराउन लगाएर कुन विदेशी च्यालन र कार्यक्रमलाई सहयोग गर्न खोजेको हो सबैलाई थाहा हुन जरूरी छ ।

७. विदेशी च्यालनलाई कराेडौ तिरेर नेपाल ल्याउने र त्यही च्यानलको त्यस्तै शोमा कराेडौ रुपैयाँ बराबरको भोट हालि केवल नेपाली मूलको कुनै व्यक्तिलाई जिताउँदा उल्लास मनाउने जत्रो उदार ह्दय भएका हामी अाफ्नै होनहार नेपालीलाई भाेट गरे भनेर कोलाहल मचाउने कदापी नेपाली हुन सक्दैनौं ।

८. यसरी नेपाली टिभी र शाे बन्द गराई विदेशी च्यालन र शोलाई प्राेत्साहन गर्न लागि परेकाहरुको भीडबाट बचेर नेपाल र नेपाली भाषाका स्तरीय कार्यक्रमलाई माया गर्नुहुन अनुराेध छ ।

९. भोटिगंको कुरालाई विवादित बनाएकोले गुनासो भएकाहरुका लागि आउने हप्ता कसरी निशुल्क भोट गर्ने व्यवस्था मिलाउन सकिन्छ भनि फ्रिमेन्टल मिडियासँग छलफल गरेका छौ यसबारेमा थप सूचना छिटै सार्वजनिक गर्नेछौ ।

१०. गतहप्ताको ३७.२० लाख भाेट SMS र Online Voting बाट प्राप्त संख्या हो, SMS बाट मात्र अाएको रकममा ५३% (प्रतिशत) टेलिकम अपरेटर, त्यसपछिको ४०% (प्रतिशत) सर्भिस प्राेभाईडर र बाँकीकाे रकममा फ्रिमेन्टल को ५०% (प्रतिशत) कटाएर करीब १७ लाख रुपैयाँमात्र यस शोलाई प्राप्त भएको हो । SMS भोटिंगको हिसाबकिताब केही थाहा नभएका अज्ञानीहरुले जे पायो त्यहि लेखेर समाजमा भ्रम फैलाएर शो बन्द गराउन खाेज्नेहरु अरूनै उद्देश्यवाहक एजेन्टहरूदेखि सावधान रहन अनुराेध गर्दछौ ।

११. नेपाल आईडल एक व्यवसायिक शो हो, करीब १०० जनशक्तिको डेढ वर्षसम्मको मेहनत यसमा लागेको छ, नेपाली टेलिभिजनमा नयाँपन दिन प्रयासरत केही उत्साहि व्यक्तित्वहरुको करोडौ रुपैयाँ यसमा लगानी भएको छ, त्यो सब निशुल्क कसरी सम्भव छ ? एपिवानको त्यतिको अार्थिक लगानी र शोकै नियमानुसार त्यसमा भोटिंगको माध्यमबाट देशविदेशका नेपाली दर्शकको योगदानबाट केही नेपाली प्रतिभाहरुको जीवन फेरिने कुरालाई नाफाघाटाको व्यापारमात्र भन्न मिल्छ? नबिर्सौ बाढीपीडितका लागि भनेर रू. अाठलाख पनि सहयोग गरिएको छ ।

१२. नेपालमा ३०अौं वर्षदेखि सरकारी र नीजि च्यानलहरु संचालित छन अाजसम्म कसैले पनि यो स्तरको शो नेपाली दर्शकलाई पस्कन नसकेको परिप्रेक्ष्यमा अाफ्नै भाषामा एउटा अन्तर्राष्ट्रियस्तरको शो ल्याउँदा र शोको नियम अनुसार नै गर्दा एपिवानले गलती कहाँ गरेको छ? नेपालमा पनि यो स्तरको भव्य शो बन्नु अवश्य पनि गर्व गर्न लायक काम भएको छ, यो शो ले संसारभरका नेपालीलाई जोडेको छ, परिवार र केही साथीभाइमात्रले चिन्ने यी होनहार प्रतिभाहरु अाज नेपालकै अाईडल बनेका छन् यसमा यतिविघ्न विषवमन किन ?