२९ आश्विन २०८३, बिहिबार

पारसले फेसबुकमा भने–प्रेमिकासँग झगडा भएपछि म पक्राउ परेँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-shahकाठमाडौं, १८ कात्तिक । लागू औषधसहित पक्राउ परेर धरौटीमा छुटेका पूर्व युवराज पारस साहले आफुलाई आफ्नी थाई प्रेमिकाले पक्राउ गराएको संकेत गरेका छन् ।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत नयाँ तस्वीर सार्वजनिक गर्दै फेसबुक स्टाटसमा यस्तो संकेत गरेका हुन् ।

टाउकोमा कपडा बेरेको हँसिलो मुहारसहितको नयाँ तस्वीर सार्वजनिक गर्दै पारसले भनेका छन्– ‘अक्टोबर ७ मा मेरी प्रेमिकाको जन्मदिन थियो, रातभरी पार्टी मनायौं। त्यही रात उनीसँग मेरो झगडा पर्‍यो। भोलीपल्ट मध्यान्हमा म उनी बस्दै आएको शहरमा उनकै नातेदारको संलग्नतामा प्रक्राउ परें।’

पारसलाई  गत असोज २४ गते अवैध लागूऔषध कारोबार तथा प्रयोगको अभियोगमा थाई प्रहरीले बैंककमा समातेको थियो । गाडी र अवैध लागू औषधसहित पक्राउ परेका पारस करिब ७ लाख भाट अर्थात २१ लाख रुपैंया तिरेर धरौटीमा छुटेका थिए । रिहा भएपछि पनि उनी बैंककमै बस्दै आएका छन् ।
पारस पक्राउ परेपछि परिवारको तर्फबाट पूर्व राजपरिवारले बहिनी सिताष्मालाई बैंकक पठाएको थियो । उनलाई नेपाल फर्काउने पहल स्वरुप बहिनी सिताष्माकै आग्रहमा पारसपत्नी हिमानी पनि थाइल्याण्ड चर्चा चलेको थियो ।

सिताष्मा र हिमानीको पहलमा पारसलाई नेपाल ल्याउने प्रयत्न राजपरिवारले गरेपनि पारसले तत्काल नेपाल नफर्किने बताएका थिए ।