१ कार्तिक २०८३, आइतबार

कतारमा पाण्डे पाँच नं. प्रदेशको संयोजकमा निर्वाचित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कुमार अविरल पन्थी

कतार । बुद्ध पाण्डे गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको पाँच नम्बर प्रदेश संयोजक (सदस्य)मा निर्वाचित भएका छन् ।

सेप्टेम्बर १ तारिख अर्थात शुक्रबार सम्पन्न निर्वाचनबाट पाण्डेले २ सय १७ मत ल्याई निर्वाचित भएका हुन् । पाण्डेका प्रतिद्वन्द्वी महफुज हुसेन हुन् ।

हुसेनले जम्मा १६९ मत ल्याएर पराजित भएका छन् । प्रदेश नम्बर पाँचको संयोजक (सदस्य)पदका लागि पाण्डे र हुसेनको उम्मेदवारी परेको थियो ।

निर्वाचित भएसँगै पाण्डेले नेपालीहरूको हकहित स्थापित गर्न काम गर्ने प्रतिबद्धता जनाए । उनले थप जिम्मेवारी बहन गर्दै प्रवाशमा रहेका नेपालीहरुलाई सेवा गर्ने ईच्छा रहेको बताए ।

प्रदेश नम्बर ५ को प्रतिनिधित्व गर्दै सिङ्गो गैर आवासीय नेपाली संघको अभियानलाई पुर्णता दिन हरबखत तत्पर रहने पाण्डेको भनाई छ ।