१५ कार्तिक २०८३, आइतबार

सित्तैमा पाइने टिकट र भिसाको मूल्य एक लाख

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । सरोकारवाला निकायलाई निःशुल्क भिसा र टिकट अनुसार कामदार वैदेशिक रोजगारीमा पठाइरहेको प्रतिवेदन दिने गरेका मेनपावरले असुली भने प्रतिव्यक्ति एक लाख रुपैयाँभन्दा बढी गरिरहेको पाइएको छ ।

कामदारले मेनपावरद्वरा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरिरहेको गुनासो गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभागले थालेको अनुगमनको क्रममा प्रतिव्यक्ति एक लाखभन्दा बढी असुल गरिरहेको तथ्य भेटिएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

विभागले अनुगमनको क्रममा तीन मेनपावरले प्रतिव्यक्ति एक लाख रुपैयाँभन्दा बढी असुल गरिरहेको रंगेहात फेला पारेको छ ।