पोल्याण्ड । नेकपा (एमाले) को जनवर्गीय संगठन प्रवासी नेपाली मञ्च पोल्याण्डको प्रथम अधिवेशनले लक्ष्मी प्रसाद भट्टराईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
३१ अगस्टमा पोल्याण्डको राजधानी वारसवामा भएको अधिवेशनले उपाध्यक्षमा अक्षय रिजाल र नवराज ढकाल, महासचिवमा शेरबहादुर परियार, सचिवमा सुककुमार अधिकारी र विनोद आचार्य, कोषाध्यक्षमा सुजाता घिमिरे, युरोप प्रतिनिधिमा आनन्द प्रसाद घिमिरे र सदस्यहरुमा सन्देश श्रेष्ठ, कमलप्रसाद उप्रेती, विनय अधिकारी, रुपेशकुमार यादव, पिताम्बर खराल, रवि शाह, सुदिप गुरुङ, विवेक पौडेल, विमला खनाल रहेका छन् ।
अधिवेशनलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा यूरोप इञ्चार्ज राम कुमारी झाँक्री, नेकपा एमाले केन्द्रीय कृषि तथा भूमिसुधार विभाग सदस्य अग्नि पौडेल, प्रवासी नेपाली मञ्च जर्मनीका संस्थापक अध्यक्ष सन्तोष भट्टराई, जनसम्पर्क समिति पोल्याण्डका महामन्त्री नारायण चालिसे, इनासका अध्यक्ष श्रीकृष्ण न्यौपाने लगायतले सम्बोधन गर्दै अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
अधिवेशन मञ्चका अध्यक्ष टंक वहादुर कटुवालको अध्यक्षता र शेरबहादुर परियारको सञ्चालनमा भएको थियो ।
















प्रतिक्रिया