२९ आश्विन २०८३, बिहिबार

उद्धार कोषमा मकाउमा कार्यरत नेपालीले गरे दुई लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ कात्तिक । यस वर्ष भएका प्राकृतिक प्रकोपबाट प्रभावित नेपालीलाई सहयोग गर्न गैरआवासीय नेपाली सङ्घ मकाउले  प्रधानमन्त्री राहत कोषमा रु दुई लाख २० हजार २०० सहयोग गरेको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ मकाउका अध्यक्ष सुदर्शन थापा मगरले सो रकम उल्लेखित चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभयो ।

सहयोग रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आउँदा स्वदेश र विदेशमा रहेका नेपालीले गच्छेअनुसार सहयोग गरेर राम्रो उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले सहयोग रकम वास्तविक बाढी पहिरो पीडितसमक्ष पु¥याउन सरकार चनाखो रहेको बताउनुभयो । यसपटक सहयोग रकम दुरुपयोग हुन नपाउने गरी सहयोग वितरण भइरहेको पनि उहाँले बताउनुभयो ।