१५ कार्तिक २०८३, आइतबार

नौ करोड तिर्न अटेर गरेकालाई एमालेले दियो महानगरको टिकट

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । वीरगञ्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्धिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ ।

अन्सारी वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्धक निर्देशक हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन् । बक्यौता कर असुलीका लागि ताकेता दिन गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट भित्र छिर्न नदिई फिर्ता पठाइदै आएका अन्सारीले मयेरको उम्मेदवारी भएपछि आफूल कलेजको प्रबन्धक निर्देशक पद छोडिसकेको बताएका छन् ।