३० आश्विन २०८३, शुक्रबार

आइपुग्यो भारतीय सुरक्षाकर्मी लुम्बिनीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lumbini1काठमाडौं, १८ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित भ्रमणको सुरक्षा व्यवस्थाबारे जानकारी लिन भारतीय विशेष सुरक्षा टोली सोमबार लुम्बिनी आएको छ ।

टोली लुम्बिनीको भूगोल र सुरक्षा तयारीबारे जानकारी लिएर सोमबारै काठमाडौं फर्किएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने क्रममा मोदीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पनि भम्रण गर्ने चर्चा छ ।

उनको भ्रमणमा गर्नुपर्ने सुरक्षा व्यवस्था र अहिलेको तयारीबारे भारतीय टोलीले जानकारी लिएको लुम्बिनी अञ्चल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी गणेश केसीले बताएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ  ।

विशेष सुरक्षा टोलीले मायादेवी मन्दिरदेखि विकास कोषको मैदानसम्म स्थलगत अध्ययन गरेर सुरक्षा व्यवस्थाबारे जानकारी लिएको प्रहरीले जनाएको छ ।

एसएसपी केसीका अनुसार भारतीय टोलीले लुम्बिनीमा हुने सुरक्षा तयारी तथा लोकेसनबारे जिज्ञासा राखेको थियो ।

टोलीले मोदीको भ्रमणका क्रममा सीमासहित सो क्षेत्रमा हुने सुरक्षा तयारीबारे पनि जिज्ञासा राखेको अञ्चल प्रहरी कार्यालयले जनाएको छ ।

भारतीय टोलीसँगै नेपाली सुरक्षा निकायका अधिकृतहरूसमेत काठमाडौंबाट सँगै लुम्बिनी आएका थिए ।

दुई देशका सुरक्षा अधिकारीबीच मोदीको भ्रमणका क्रममा सुरक्षा व्यवस्था तथा त्यसअघिको निगरानी योजनाबारे पनि छलफल भएको स्रोतले बतायो ।

स्रोतका अनुसार सुरक्षा तयारीबारे ब्रिफिङपछि भारतीय टोलीले सहकार्यबाट थप सुरक्षा योजना बनाउने बताएको थियो ।

छलफलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू सहभागी थिए ।