३० आश्विन २०८३, शुक्रबार

नेविसंघमा ३२ पदाधिकारी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Student-Union1-600x240काठमाडौं, १८ कात्तिक । नेविसंघले पदाधिकारी मात्रै ३२ जना रहनेगरी विधान संशोधनको प्रस्ताव गरेको छ ।

पदाधिकारीसहित एक सय ५१ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव नेविसंघले महाधिवेशन निर्देशन समितिमा पेस गरेको छ ।

पटक–पटक घोषणा हुँदै रोकिँदै आएको संघको ११औँ राष्ट्रिय महाधिवेशन ३० कात्तिकदेखि २ मंसिरसम्म काठमाडौंमा हुँदै छ ।

कांग्रेस केन्द्रीय समितिले यसपटक जसरी पनि महाधिवेशन गर्ने निर्णय गरेको छ ।

नेविसंघले अध्यक्ष एक, पाँच विकास क्षेत्रबाट पाँच, छात्रा, जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्रबाट चार तथा मनोनीत दुई गरी ११ उपाध्यक्षको प्रस्ताव गरेको छ ।

महामन्त्रीमा दुई निर्वाचित र दुई मनोनीत गरी चारजना रहने प्रस्ताव छ ।

त्यस्तै, पाँच विकास क्षेत्रबाट पाँच, समावेशी ६ तथा मनोनीत चार गरी १५ जना सहमहामन्त्रीको प्रस्ताव नेविसंघको छ । कोषाध्यक्षमा भने एकजना मनोनीत गर्ने प्रस्ताव छ ।

नेविसंघका प्रचार–प्रसार संयोजक तथा केन्द्रीय सदस्य मोतीलाल भण्डारीले पार्टीका नेतहरूसँग छलफल गरी विधान संशोधनको प्रस्ताव गरिएको बताए । ‘हामीले संस्थापन र देउवा दुवै पक्षका नेतहरूसँग छलफल गरेर यो प्रस्ताव लगेका हौँ,’ भण्डारीले भने, ‘अहिले समावेशी गर्नुपर्ने, सबै पक्षलाई समेट्नुपर्ने भएकाले कमिटी ठूलोजस्तो लागेको हो, तर सान्दर्भिक छ ।’

नेविसंघमा हाल एक सय २१ सदस्यीय केन्द्रीय समिति छ । कांग्रेसले रञ्जित कर्णको अध्यक्षतामा अरू सबै केन्द्रीय सदस्य रहनेगरी केन्द्रीय समिति घोषणा गरेको थियो ।