पोखरा । नट्टी–नट्टी पुल पार्टीको पोखरा संस्करण सेदीस्थित इन्फिनिटी रिसोर्टमा सम्पन्न भएको छ । संस्करणमा काठमाडौं बालाजुकी डिजे वर्षाले पोखरेली दर्शकहरूलाई आफ्नो डिजेइङमा झुमाइन् ।
काठमाडौंको वेभ डिजे एकेडेमीमा डिजेइङ सिकिरहेकी वर्षाले आफ्नो कला प्रस्तुत गर्दै पोखरेली क्राउडको ध्यान आफूतर्फ खिचिन् ।
वर्षालाई पहिलो पटक ठूलो कार्यक्रममा डिजेइङ गर्ने अवसर प्रदान गरिएको थियो । किस्ट कलेजमा ए लेभल अध्ययनरत वर्षासँगै पहिलो पटक ठूलो कार्यक्रममा डिजेइङ गरिरहेका डिजे विवेक तथा डिजे गनेशले पनि दर्शकको भरपुर साथ पाए ।
स्थापित डिजे प्रज्वल र डिजे गेन्टको डिजेइङले कार्यक्रममा रौनक थप्यो । दिउँसो २ बजे प्रारम्भ भएको उक्त पुल पार्टी राति १० बजेसम्म चलेको थियो ।
यो पार्टी नेपालका विभिन्न सहरमा सञ्चालन हुँदैछ । भदौ २४ गते काठमाडौं, ३१ गते नारायणगढ, असोज २१ गते बुटवल तथा २८ गते नेपालगन्जमा नट्टी–नट्टी पुल पार्टी सञ्चालन हुने एकेडेमीका सञ्चालक डिजे प्रज्वलले बताएका छन् ।















प्रतिक्रिया