काठमाडौं, १८ भदौ । सरकारका १० सचिब, १४ सहसचिब र एक उपसचिबसहितको जम्बो टोली विदेश भ्रमणमा निस्किने तयारीमा छ ।
कर्मचारीमा विदेश भ्रमणको मोह बढेको भन्दै आलोचना भइरहँदा एउटै कार्यक्रमका लागि उच्चस्तरको भ्रमण हुन लागेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
चीन सरकारको आमन्त्रणमा हुन लागेको कार्यक्रममा सहभागी हुन सचिब र सहसचिबहरू १२ देखि २५ सेप्टेम्बरसम्म चीन भ्रमणमा रहने छन् ।
उनीहरू चीन सरकारको सार्बजनिक प्रशासनको अवलोकनका लागि १३ दिन लामो भ्रमणमा निस्किन लागेको सामान्य प्रशासन मन्त्रालयले भ्रमणको समन्वय गरिरहेको छ ।
सामान्यले दुई देशका उच्च सरकारी अधिकारीबीच सार्बजनिक प्रशासनको अनुभव आदनप्रदान र विकासका मोडेलहरूको अध्ययन गर्न यस्तो हुन लागेको बताएको छ ।












प्रतिक्रिया