
कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा नगेन्द्रप्रसाद पोखरेल (नबिन) बिजयी भएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी मोहम्मद मुक्तादा मुसलमानलाई ७७ मतले पराजित गर्दै पोखरेल बिजयी भएका हुन । दोहास्थित नेपाली राजदुतावासमा शुक्रबार सम्पन्न निर्वाचनमा पोखरेलले ८५९ प्राप्त गरे भने मुक्तादाले ७८२ मत पाए । अन्य सम्पूर्ण पदहरुमा पनि पोखरेल समूह नै विजयी भएको छ । पोखरेललाई कांग्रेस, जनजाति महासंघ र एमाओवादीले समर्थन गरेका थिए भने मुक्तादालाई एमाले र मधेसवादी दलको समर्थन थियो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा तेज कटुवाल, द्वितिय उपाध्यक्षमा सुदर्शन भट्ट, तृतीय उपाध्यक्षमा केशब ढकाल, महासचिवमा बुधवल गुरुङ, सचिवमा रामजी खत्री र युबराज शर्मा तथा कोषाध्यक्षमा उत्तम गुरुङ (निर्विरोध)र सहकोषाध्यक्षमा खगबहादुर खत्री विजयी भएका छन् । यस्तै आईसीसी सदस्यमा कुमार कार्की र बिमल सुबेदी चयन भएका छन् ।
सदस्यहरुमा चिरञ्जीवि तिम्सिना, बिजयराज अधिकारी, टंककुमार खड्का, बिनोदप्रसाद बसौला, रुद्रप्रसाद आचार्य, र रेशमबहादुर बस्नेत बिजयी भएका छन् ।
युवा संयोजकमा माया केसी (निर्विरोध), महिला संयोजकमा सरिता गुरुङ (निर्विरोध) भए भने लेखासमिति संयोजकमा रामप्रसाद गौतम र अनुशासन तथा अनुगमन समिति संयोजकमामा नन्दप्रसाद ढुङ्गाना निर्वाचित भए ।
यस्तै, प्रदेश नं १ मा अरुणकुमार केसी, प्रदेश नं २ मा रामकुमार मण्डल, प्रदेश नं ३ मा नारायण विष्ट, प्रदेश नं ४ मा आशबहादुर गुरुङ, प्रदेश नं ५ मा बुद्घ पाण्डे, प्रदेश नं ६ मा बसन्त कँुवर र प्रदेश नं ७ मा नरेन्द्रप्रसाद जैसी निर्विरोध भए ।
महिला सदस्यमा सपना पुन, मुस्लिम सदस्यमा शेख अब्दुल खलिक र मोहम्मद उज्जेर, आदिबासी जनजाती सदस्यमा श्यामकुमार लिम्बू र रामबाबु मण्डल, दलित सदस्यमा भीम सुनार र छबिलाल सुचिकार, तराई मधेश समुदायमा वली ठाकुर र विश्वनाथ ठाकुर हजाम निर्विरोध भएका थिए । यस्तै लेखा समिति सदस्यमा बुद्घिप्रसाद भण्डारी र शिवप्रसाद बास्तोला, अनुशासन तथा अनुगमन समिति सदस्यमा शिवराज भट्टराई र सिताराम थापा बिजयी भए ।
(उत्तम भट्टराईको सहयोगमा)















प्रतिक्रिया