– भरत प्रधान
लिस्बन । गैर आवासीय नेपाली संघ पोर्चुगलको छैठौं राष्ट्रिय अधिबेशनको मिती नजिकीदैं जादा पोर्चुगलबासी नेपालीहरुमा चुनावी सरगर्मी बढेको छ ।
यही १० सेप्टेम्बरका दिन राजधानी लिस्बनमा एनआरएनए पोर्चुगलको राष्ट्रिय अधिवेशन हुदैंछ । अधिबेशन नजिकीदै जाँदा प्रवासी नपालीहरुबीच चुनावी चर्चा र भेटघाटले तिब्रता पाएको छ । बिगतमा एक कार्यकालबाहेक सबैजसो कार्यकाल सहमतिमै नेतृत्व चयन हुँदै आएको संघमा अब कस्तो नेतृत्व आउने भन्ने बिषयले चर्चा पाएको छ । बिगतको अधिबेशनको तुलनामा यसपटक संघको नेतृत्वका लागि धेरै आकाँक्षी देखिएका कारण पनि अधिबेशनले चर्चा पाएको हो । आकांक्षीका बिचमा राजनितीक तथा संस्थागत भागबण्डाकै आधारमा भएपनि सहमतीमै नेतृत्व चयनका लागि सर्वपक्षीय क्षलफल र बार्ता चलिरहेको बुझिएको छ ।
सन् २००६ मा स्थापना भएको सँघमा सँस्थापक अध्यक्ष पूर्ण हमालले निरन्तर दुई कार्यकाल नेतृत्व गरे भने लक्ष्मी प्रसाद सापकोटा र रमेश प्रसाद गुरुङले एक–एक कार्यकाल नेतृत्व गरेका थिए । एक थरि सहमतीमै नेतृत्व चयन हुने आंकलन गरिरहेका छन् भने अर्काथरि भने चुनाव हुने बताईरहेका छन् । यतापूर्व अध्यक्ष तथा संघका अग्रजहरु भने सहमतीमै नेतृत्व चयन हुने बिश्वास ब्यक्त गरेका छन् । हालसम्म औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरिएको भएपनि संघको नेतृत्वका लागि तीन जनाको नाम चर्चामा आएको छ ।
अध्यक्ष पदमा हालका उपाध्यक्ष सुनिल संगमले आफ्नो दाबी प्रस्तुत गरेका छन् भने पूर्व उपाध्यक्ष गोबिन्द पौडेल र एनआरएनए युगाण्डाका पूर्व अध्यक्ष कुबेर कार्कीको नामपनि चर्चामा आएको छ । अध्यक्ष पदका आकांक्षी तीनै जनाले आफ्नो पक्षमा माहोल बनाउन भेटघाट र आन्तरिक प्रचारलाई तीब्रता दिएका छन् । अध्यक्ष पदका आकांक्षी संगमले स्वभाविक रुपमा आफू अध्यक्ष पदको दाबेदार भएको बताएका छन् । समितिको उपाध्यक्ष भई काम गरेको तथा अध्यक्षको अनुपस्थितीमा पटक–पटक कार्यबाहक अध्यक्षको रुपमा समेत आफूले काम गरिसकेको बताउँदै संगमले अध्यक्षमा दाबी गरेका छन् । बर्तमान कार्यसमितीले ल्याएका बांकी योजना तथा कार्यक्रमहरु पूरा गर्नका लागिपनि आफ्नो नेतृत्व आवश्यक रहेको उनको भनाई छ । सञ्चारकर्मी समेत रहेका संगम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलका अध्यक्ष पनि हुन् ।
यता अर्का आकांक्षी पौडेलले पनि आफू अध्यक्षको दाबेदार भएको बताएका छन् । बर्तमान सल्लाहकार तथा अघिल्लो कार्यकालका उपाध्यक्षसमेत रहेका पौडेलले संघलाई सबैको साझा सँस्था बनाउने उद्देश्यका साथ आफू चुनावी मैदानमा होमिएको प्रतिक्रिया दिएका छन् । पोर्चुगलबासी नेपाली समाजलाई एकीकृत गर्ने तथा दूतावास स्थापनाका लागि बिशेष पहल गर्ने योजनाका साथ संघको नेतृत्वका लागि आफू तयारीमा लागेको पौडेलले बताए । उनले संघलाई सबैको साझा संस्था बनाउने गरिगरिएको सहमतीमा भने आफू नेतृत्वका लागि बाधक नरहेको पनि प्रस्ट्याएका छन् । पौडेल एमाले निकट प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष समेत हुन् ।
यस्तै अर्का आकांक्षी कार्कीले समृद्ध समाज निर्माण, दूतावास स्थापना र संघको थप क्रियाशिलताका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । एनआरएन युगाण्डाको अध्यक्षभई काम गरिसकेको अनुभवका आधारमा आफू संघको नेतृत्वका लागि सबल र सक्षम रहेको कार्कीले बताएका छन् । पोर्चुगलबासी नेपालीहरुका बिचमा समन्वयकारी भूमिका निर्बाह गर्दे सबैलाई समेटेर लैजाने बिशेष योजना र कार्यक्रमका साथ नेतृत्वका लागि आफू आकांक्षी रहेको उनको भनाई छ । कार्की नेपाली जनसम्पर्क समिति पोर्चुगलका कोषाध्यक्ष समेत हुन् ।
यता संस्थापक अध्यक्ष हमालले भने बाहिर जे जस्तो चर्चा चलेपनि सँघको नेतृत्व सहमतीमै टुङगो लाग्नेमा आफू बिश्वस्त रहेको बताएका छन् । साझा सामाजिक सँस्थाको रुपमा रहेको सँघको हित र एकताका लागि पनि सहमती मै नेतृत्व चयन गर्नुपर्नेमा हमालको जोड छ । पूर्व अध्यक्ष एवं आईसिसी सदस्य गुरुङले भने सहमतीको नाममा राजनितीक र सँस्थागत भागबण्डाका आधारमा नेतृत्व चयन हुनै नसक्ने बताएका छन् । नेतृत्वका लागि सक्षम र सबल ब्यक्ती आवश्यक रहेकोले साझा भावना बोकेको सक्षम ब्यक्ति आएको खण्डमा मात्रै सहमतीमा नेतृत्व चयन हुन सक्ने गुरुङको धारणा छ । अर्का पूर्व अध्यक्ष सापकोटाले भने सहमतीमै नेतृत्व चयनका लागि पहल र छलफल भईरहेको प्रतिक्रिया दिए ।
अधिबेशनले आगामी दुई बर्षे कार्यकालका लागि २८ सदस्यीय नयां नेतृत्व चयन गर्नेछ । अधिबेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका निमित्त गठित बिभिन्न उपसमितिहरु मार्फत् ब्यापक तयारी भईरहेको संघका अध्यक्ष भिम केसीले जानकारी दिए । यसपटक एक हजार बढी नयाँ सदस्य थपभई संघमा हाल कुल २३ सय ४८ पञ्जीकृत सदस्य पूगेको केसीले बताए । केसीका अनुसार सहमतीमै नेतृत्व चयनका लागि सर्वपक्षीयक्ष छलफल र बार्ता चलिरहेको छ । यता निर्बाचन समितिले निर्बाचनका सबै कार्यक्रम तय गरिसकेको र पञ्जीकृत सदस्यहरुको अन्तिम नामावली समेत प्रकाशन गरिसकेको संयोजक अशोक घिमिरेले जानकारी दिए ।
















प्रतिक्रिया