१५ कार्तिक २०८३, आइतबार

चीन भ्रमणमा जाँदा कारवाही !

6.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धेरैलाई लाग्छ– चीन र नेपालका कम्युनिष्ट पार्टीहरूबीचको सम्बन्ध हार्दिकतापूर्ण छ । हुन पनि चीनले प्रजातान्त्रिक पार्टीभन्दा कम्युनिष्ट पार्टीसंग अलि बढी निकट सम्बन्ध राख्दै आइरहेको छ, विगतदेखि नै । तर, आफूलाई नेपालकै असली कम्युनिष्ट पार्टी भएको दावी गर्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चीन भ्रमणमा गएकै कारण आफ्ना एक नेतालाई स्पष्टीकरण सोधेको छ ।

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्य तथा राष्ट्रिय स्वयं सेवकका अध्यक्ष झकबहादुर मल्ललाई चीन भ्रमणमा गएकै कारण स्पष्टीकरण सोधेको हो । उनी अघिल्लो हप्तामात्रै चीन भ्रमणमा गएका थिए । उनीसंगै पार्टी संबद्ध केही व्यक्तिहरू समेत थिए ।

तर, पार्टीले उनी भ्रमणबाट फर्किएर आएलगत्तै स्पष्टीकरण सोधेको खबर छ । पार्टीले अचानक स्पष्टीकरण सोधेपछि मल्ल त तीन छक परेका छन् नै पार्टी पंक्तिसमेत आश्चर्यमा परेको छ । चीन भ्रमणमा गएकै कारण यसअघि कसैले पनि स्पष्टीकरण सोधेको इतिहास छैन । तर, विप्लवको पार्टीले नया“ रेकर्ड कायम गर्दै भ्रमणमा गएकै कारण पार्टी नेतासंग स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरण पत्रमा चीन भ्रमणमा जानुको कारणसंगै पार्टीसंग अनुमति नलिनुको कारणबारे सोधिएको बताइएको छ । ‘चीन र नेपालका कम्युनिष्ट पार्टीहरूबीच सुमधुर सम्बन्ध रहेको विश्वास धेरैलाई छ,’ स्रोतले भन्यो, ‘विप्लव नेतृत्वको पार्टीले त्यही चीन जा“दा आफ्ना एक नेतासंग स्पष्टीकरण सोधेको छ ।’

कतिपयले यसलाई विप्लवको पार्टीको चीनसंगको सम्बन्ध बिग्रिएको अर्थमा समेत बुझेका छन् । तर, विप्लवको पार्टीले भने पार्टी अनुमति बिना चीन भ्रमणमा गएकाले आफ्नो नेताबारे सोध खोज गरेको जनाएको छ । पार्टीले स्पष्टीकरण सोधे पनि मल्लले पार्टीलाई जवाफ दिन आनाकानी गरिरहेका छन् ।

पहिलोपटकको स्पष्टीकरणको जवाफ पेस नगरेपछि पार्टीले फेरि अर्को पत्र काट्ने तयारी गरेको थाहा भएको छ । ‘मल्लले पहिलोपटकमा स्पष्टीकरण बुझाउन आनाकानी गरेपछि फेरि अर्को स्पष्टीकरणको तयारी गरेको छ,’ स्रोतले भन्यो, ‘यो विषयले विप्लवको पार्टीमा ठूलै हलचल पैदा गरेको छ ।’ साँघु साप्ताहिकमा समाचार छ ।