२९ आश्विन २०८३, बिहिबार

बैंकर रविनालाई अर्को अन्तर्राष्ट्रिय अवार्ड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raveena-Deshraj-shrestha

काठमाडौं, १७ कात्तिक । बैंकर रविना देशराज श्रेष्ठले दोस्रो अन्तर्राष्ट्रिय अवार्ड जित्नुभएको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी नायब महाप्रबन्धक समेत रहेकी श्रेष्ठले सिंगापुरबाट प्रदान गरिने ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ जित्नुभएको हो ।

अवार्ड आउने जनवरी ५ मा इन्डोनेसियाका राजाको प्रमुख आतिथ्यतामा सिंगापुरमा भव्य समारोहका बीच प्रदान गरिनेछ । मनोनयनमा परेका एसियाका ६ सय १३ जना महिलामध्ये उहाँ २० जना भित्र छानिनुभएको हो । यो अवार्डका लागि २७ वटा राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए । बैंकिङ क्षेत्रसँगसँगै देशको आर्थिक विकास, मानवीय तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई छनौट गरिएको पुरष्कार प्रदान गर्ने संस्था एसईएसियाले जनाएको छ ।

अवार्डबाट आफू अत्यन्तै उत्साहित भएको श्रेष्ठले बताउनुभयो । उहाँले यसअघि गत भदौ २१ गते पनि मलेसियाबाट प्रदान गरिने ‘२१ औं शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ जित्नुभएको थियो । अवार्डका लागि नेपालबाट इप्लानेट प्रालिका सन्तोष सापकोटाले मनोनयन गर्नुभएको थियो ।

अवार्ड विजेता श्रेष्ठ मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धकका साथै चिफ बिजेनश अफिसर हुनुहुन्छ । भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गर्नुभएकी श्रेष्ठले स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसक्नुभएको छ । यसअघि पनि उहाँले बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार तथा सम्मान पाउनुभएको छ ।