३ कार्तिक २०८३, मंगलबार

अफ्रिका फिल्म फेस्टिबलमा १४ देश सहभागी हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । आगामी २ असोज देखि ४ असोजसम्म काठमाडौंको रसियन कल्चरल सेन्टरमा ‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०१७’ हुने भएको छ ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र जँजिबार फिल्म फेस्टिबल तान्जानियाको सँयुक्त आयोजनामा हुन लागेको यो महोत्सबमा यस पटक १४ देशका नौ ओटा चलचित्र चयन भएका छन् । महोत्सबमा नेपालबाट एउटा मात्र चलचित्र ‘डा…खाते’ चयन भएको छ ।

महोत्सबमा यस पटक इजिप्टको ‘लिटिल इगल’, नेपाल/तान्जेनियाँ/भारतबाट सँयुक्त रुपमा ‘होल्डिङ अप द स्काई’, युगान्डाबाट ‘नथिङ गोईन अन’, अमेरिका\चिचुवाबाट ‘सिलिकोन भ्याली’ चयन भएको छ ।

यस्तै यो महोत्सबकै लागि मोरक्कको/फ्रान्सबाट ‘मिली मुवा’, सेनेगलबाट ‘ह्येनास’, युगान्डाबाट ‘फेटल डेस्टिनी’, रुवान्डाबाट ‘अ प्लेस फर माईसेल्फ’ चयन भएका छन् ।

यस पटक महोत्सबमा प्रदर्शनी गरिने चलचित्र अफ्रिकाको राजनीतिक, सांस्कृतिक, पर्यटकीय, त्यहाँको जीवन शैली जस्ता विविध पक्ष समेटिएको महोत्सबकी निर्देशक तथा कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनकी अध्यक्ष एवं प्रिन्सिपल डा. मञ्जु मिश्रले बताईन् ।

नेपाल अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्नुको प्रमुख कारण बारे महोत्सब निर्देशक डा.मिश्रले भनिन्,‘चलचित्रको माध्यमबाट नेपाल अफ्रिकाको संस्कृति आदन प्रदानसँगै पर्यटकीय प्रवर्धन गर्ने विश्वास हामीले लिएका छौं । यसका साथै आम नेपालीलाई अफ्रिका बारे अझ बढी जानकारी दिने र अफ्रिका प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने उदेश्यले यो चलचित्र महोत्सब आयोजना गरिएको हो ।’

त्यस्तै यस महोत्सबलाई नेपाल सरकारले महत्वका साथ लिई नेपाल र अफ्रिका बीच दुई अन्तर महादेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भविष्यमा पहल गरोस भन्ने विश्वास महोत्सब आयोजक डा. मिश्रको रहेको छ ।