१५ कार्तिक २०८३, आइतबार

निगमका खड्काले मागे नागरिक दैनिकसँग ८० करोड क्षतिपूर्ति

11.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा लेखेको समाचारलाई लिएर निगमका प्रबन्धक निर्देशक गोपालबहादुर खड्काले ८० करोड रुपैयाँबराबरको क्षतिपूर्ति दाबी गर्दै नागरिक दैनिकविरुद्ध काठमाडौं जिल्ल अदालतमा गाली बेइज्जती मुद्धा दायर गरेका छन् ।

नागरिक दैनिकले आयाल निगममा भएको भ्रष्टाचारको भण्डाफोर गर्दै प्रकाशित समाचार, लेख तथा सम्पादकीयबाट आफ्नो गाली बेइज्जती भएको दाबी गर्दै खड्काले भदौ १ गते दायर गरेको उक्त मुद्दाको म्याद बिहीबार प्रकाशन गृहमा अदालतका कर्मचारीले बुझाएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।