१५ कार्तिक २०८३, आइतबार

भारतका कारण दशगजाबाट नेपालीहरूको उठिबास

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । खाँडो नदीको प्रकृतिक बहाब रोक्दै चार दशकअघि भारतले बनाएको बाँधले बर्सेनि सप्तरीको भू–भाग डुबानमा पर्छ ।

अन्तर्राष्ट्रिय नियम तथा प्रावधान विपरित भारतले खाँडो नदी मोडेर दशगजा क्षेत्रमै बनाएको बाँधले तिलाठीलगायत दक्षिणी क्षेत्रका जनताको उठिबास हुने गरेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

भारतीय बाँधले वर्षायाममा नेपाली भू–भाग डुबानमा पर्दै आएपनि नेपाल सरकार तथा यस क्षेत्रका जनप्रतिनिधिले भारतीय पक्षसंग गम्भीरतापूर्वक कुरा राख्न नसकेको आरोप स्थानीयको छ ।