२९ आश्विन २०८३, बिहिबार

नेपाली साहित्य विकास परिषद् युकेको निर्वाचन नोभेम्बर २३ मा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । वेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास युकेको अधिबेशन आगामी नोभेम्बर २३ मा हुने भएको छ ।

नेतृत्व चयनका लागि हुन लागेको यस अधिबेशनमा बेलायतका विभिन्न स्थानमा बसोवास गरिरहनुभएका साहित्यप्रेमीहरुलाई सहभागि हुन संस्थाले आग्रह गरेको छ ।
लण्डनस्थित एबिआई कलेजमा हुने अधिबेशनका लागि स्थानीय समाजसेवी कृष्ण भट्टको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको छ ।

निर्वाचन समितिको सल्लाहकारमा सुरेशजंग शाह छन् भने निर्वाचन पर्यवेक्षण नेपाल पत्रकार महासंघ बेलायत शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले गर्नेछन् ।
यसैबीच निर्वाचन समितिले निर्वाचनका लागि आवश्यक तयारीहरु गरिरहेको संयोजक भट्टले जनाएका छन् ।

समितिले साधारण्ँ सदस्यलाई आगामी नोभेम्बर १४ भित्रमा निर्वाचन समितिलाई सदस्यता फर्म बुझाउन आग्रह गरेको छ ।