१ कार्तिक २०८३, आइतबार

नेपाली नारी समाज, पोर्चुगलद्वारा राहत वितरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौर । नेपाली नारी समाज, पोर्चुगलको सहयोगमा रौतहतको बौद्धिमाई नगरपालिका वडा नं. २ इनर्वा टोलका बाढीपीडित दलित परिवारलाई राहत वितरण गरिएको छ ।

बाढीको चपेटाबाट डुबानमा परेका पीडित बौद्धिमाई नगरपालिका हाल २ साविक (गाविस) इनर्वा टोलका बाढी प्रभावित बस्तीका दलित समुदायलाई राहत सामाग्री वितरण गरिएको हो ।

सयौं घर परिवारलाई घर बिहीन भएको खाद्यान्न, लत्ताकपडा, अन्य सामाग्रीहरू पूरै नष्ट हुँदा पनि नेपाल सरकारको राहत वा गैरसरकारी संघ संस्थाले स्थानीय राजनीति कर्मीहरूको नामावली प्राप्त आधार र इसारामा पार्टीगत व्यक्तिलाई राहत वितरण गरिएको जनाइएको छ ।

वास्तविक दलित, गरिब, असहाय, अपांग, एकल महिललाई राहतबाट बञ्चित गरिएको बाढीपीडितले गुनासो पोखेका छन् ।

नेपाली नारी समाज, पोर्चुगलसँग स्थानीय सहयोगी लायन्स क्लब अफ रौतहट भिजनका नेपालका अध्यक्ष पवन न्यौपानेको अगुवाइमा ४० परिवारलाई राहत उपलब्ध गराएको छ ।

सोही क्रममा परोहा नगरपालिका साविक बसन्तपट्टी वडा नं ९ नुनिया टोल हुलाकी राजमार्ग सडकको पेटीमा छाप्रोको घर बनाइ पूर्ण सुकुम्बासीहरू जसलाई हालसम्म कुनै संस्था वा सरकारी राहत नपाएको ९० वर्षीय एकल बृद्ध महिला इनर बतीया देवी नुनियाले बताइन् ।

उनको स्वास्थ राम्रो नरहेकोले उपचारका लागि केही आर्थिक रकम लगायत २० जना दलित बस्तीका बाढीपीडित समेतलाई सो राहत वितरण गरिएको छ ।

बाढीपिडीत परिवारजनको लागि देशमा नहुदा पनि बिदेशमा नेपाली दिदीबहिनीहरू बस्दै आइरहेकी उनीहरूले नेपाली नारी समाज, पोर्चुगल नामक संस्था द्वारा बढी नभए थोरै भएपनि सेवा गर्न मौका पाएकोमा दातृ निकायले खुशी महशुस गरेकी छिन् ।