विकास राज न्यौपाने
टेक्सास । नेपाली काँग्रेस पार्टीको प्रवासी सङ्गठन नेपाली जनसम्पर्क समिति अमेरिकाको आसन्न केन्द्रीय अधिवेशनको तैयारी सुरु भएको छ । अमेरिकाको अधिवशन करिब सात वर्षको अन्तरालमा टेक्सास राज्यको ड्यालस सहरमा आयोजना हुन गइरहेको छ । नेजसले तैयारी मूल समितिको अध्यक्षमा डालस फोर्थवोर्थ चाप्टरका सभापति ज्ञानेन्द्र राज कार्की र व्यवस्थापन समितिको संयोजक वेस्ट टेक्सास चाप्टरका सभापति हरिबोल भण्डारीलाई तोकेको छ ।
अन्य आवश्यक समितिहरू पनि चाडै बनाइने भएको छ । सात वर्षपछि हुन लागेको यो अधिवेशन डालस टेक्सासको तीन ताराकित होटल शेराटनमा सम्पन्न गर्न लागिएको छ । आँउदो नोभेम्बर २२, २३ तारिकका लागि शेराटनका २६० कोठाहरू बुक गरिसकिएको छ ।
अशिबेशनमा सहभागीहरुलाई आवास तथा भोजनको निःशुल्क व्यवस्था गरिएको कुरा आयोजकले बताए । अमेरिकाको २५ चाप्टरका नौ सय भन्दा बढीले प्रतिनिधित्व गर्न पाउने यस अधिवेशनमा भाग लिन अमेरिका भरीबाट कम्तीमा छ सय कांग्रेसी कार्यकर्ता डालस आउने आङ्कलन आयोजकले गरेका छन् ।
नेपालबाट नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल समेतको टोली अधिवेशनका लागि अमेरिका आउने कुरा नेजस डालस चाप्टरका सचिब दिपक घिमिरेले जानकारी दिनुभयो ।














प्रतिक्रिया