खगेन्द्र कार्की
‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन
क्षेत्रिको छोरो यो पाउ छुन्छ घिनले हुँदैन’– लक्ष्मीप्रसाद देवकोटा
कतार । कतारका तीन साहित्यिक संस्थाहरुको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औं जन्मजयन्तीका अवसरमा दोहाको ग्रयाण्ड प्यालेस होटलमा २०१३ का मदन पुरस्कार विजेता कवि तथा आख्यानकार राजन मुकारुङको एकलवाचन कार्यक्रम सम्पन्न भएको छ ।
३१ अक्टोबर २०१४ का दिन आयोजित सो कार्यक्रमलाई कतारस्थित नेपाली राजदुतावासका कार्यवहाक राजदुत गणेशप्रसाद ढकालको प्रमुख आतिथ्यता आयोजित सो कार्यक्रममा विशेष अतिथिमा साहित्यिक सर्जक कवि मुकारुङ रहेका थिए । यसैगरी अतिथिहरुमा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष टिबी कार्की, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् गल्फ उपसंयोजक पूर्ण केसी, आईसीसी सदस्य उमेश अधिकारी, आईसीसी सल्लाहकारहरु, एनसीसी अध्यक्ष मक्सुद आलम, उपाध्यक्ष कुमार कार्की, महासचिव विनोद भट्टराई, सल्लाहकार संयोजक गुरुनारायण रानाभाट, आईसीसी सल्लाहकार नरेन्द्र भाट, आईसीसी पूर्व उपाध्यक्ष सागर नेपाल, नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष गणेश बन्जाडे, कान्तिपुरका होम कार्कीको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष विनेश तामाङ, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष चानक पोखरेल, जनतान्त्रिक मञ्चका अध्यक्ष, होमनाथ दाहाल, दाङदेउखुरी सेवा समाजका कावा अध्यक्ष सोया दाहाल, खोटाङ सेवा समाजका अध्यक्ष मनिप्रसाद आचार्य, भोजपुर सेवा समाजका संयोजक खगेन्द्र कार्की, नेपाली महिला समाजको अध्यक्ष श्रीमति रेखा राई, साहित्यिक डबलीका स्रोता विनोद खड्का, अन्तर्राष्ट्रिय कलाकार समाजका अध्यक्ष महेन्द्रप्रसाद पोखरेल, सुश्री पवित्रा खड्का, उदयपुर सेवा समाजका अध्यक्ष होमनाथ काफ्ले, अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डे, तनहुँ सेवा समाजका सचिव दिलबहादुर रानाभाट, नेपाली जनसम्पर्क समितिका सभापति विमल सुवेदी, गोरखा सेवा समाजका अध्यक्ष आशबहादुर तामाङ, सिन्धुली एकता समाजका अध्यक्ष दानबहादुर भुजेल, एनआरएन एनसीसी पूर्व महासचिव क्रान्ति सिंहलगायतको उपस्थिति थियो ।
ब्यानर अनावरण, द्विप प्रज्ज्वलन पछि १०५ औं महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०५ औं जन्मजयन्तीको अवसरमा देवकोटाको तस्बिरमा सामूहिक रुपमा माल्र्याणपन गरिएको थियो । तत्पश्चात राष्ट्रिय गाना र सहितको सम्झनामा एक मिनेट मौनधारण गरिएको सो कार्यक्रमलाई अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर, सन्ध्या ग्रुप अलखोर (मुग्लानी सौगात त्रैमासिक पत्रिका) र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा रुपमा आयोजना गरेका हुन । सो कार्यक्रमलाई सन्ध्या ग्रुपका अध्यक्ष थेर्चा लामाले सभापतित्व ग्रहण गरेका थिए ।
साहित्यिक समाज कतारले कुनै न कुनै साहित्यिक विशेष दिनमा निरन्तर साहित्यिक सर्जकहरुको एकल वाचन कार्यक्रम आयोजना गर्दै कतारमा साहित्यिक रस पस्किने गरेको छ । कतारका साहित्यिक सर्जकहरुको स्वस्फूर्त सहभागितामा रहँदै आएको सो कार्यक्रम २०१४ मा आयोजित १०५ औं लक्ष्मी जयन्तीमा साहित्यक सर्जक कवि तथा आख्यानकार राजन मुकारुङलाई मातृभूमिबाट झिकाएर उहाँकै एकल वाचनका माध्यमबाट कतारमा कार्यरत साहित्यिक मनहरुलाई मनोरञ्जन प्रदान गरेका हुन् ।
रेगिस्तानी कवि तिर्थ संगम राईद्वारा सञ्चालित सो कार्यक्रममा पुष्प निरौलाको हातबाट आर्ट गरिएको कवि तथा आख्यानकार मुकारुङको तस्बिर हस्तान्तरण गरिएको थियो । सो कार्यक्रममा राखिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको आर्ट फोटोसमेत तयार पारेका निरौलाले अन्य साहित्यक सर्जकहरु भूपि शेरचन, माधवप्रसाद घिमिरे, सिद्धिचरण श्रेष्ठ, गोपाल प्रसाद रिमाल, बालकृष्ण सम, पारिजात (विष्णुकुमारी वाइवा), सरुभक्तको तस्बिर समेत आर्ट गरी कार्यक्रममा प्रदर्शन गरिएको थियो । सो कार्यक्रममा संस्थाका सदस्य सचिव शिवराम थापाले स्वागत मन्तव्यका साथमा देवकोटाको संक्षिप्त जिवनीका बारेमा बोलेका थिए ।
कतारमा रहेका साहित्यिक सर्जकहरुका सिर्जनाहरुलाई साहित्यिक संस्थाद्वारा छनौट गरी उत्कृष्ट साहित्यिक रचनाहरुलाई बाचन गरिएको सो कार्यक्रममा गजलमा लेख कार्की, टिका खड्का राष्ट्रप्रेमी थिए भने कवितामा पूर्ण कान्छा गुरुङ, विन्देश्वर ठाकुर मैथिली कविता, नवराज विक, रविन्द्रकमार श्रेष्ठ, ईश्वर साहीले आ–आफ्ना सिर्जनाहरुवाचन गरेका थिए । कवि तथा आख्यानकार मुकारुङले कविताको लेखन निकै लामो समयदेखि छोडेको र आख्यानतिर लागेको कुरा बताउँदै आफ्ना भएका एकलवाचन गर्न सुरु गर्नुभएको थियो । रातभर बाढी आउँदा, ८ मार्च र भानुभक्त, हाट जाने अघिल्लो रात, दश वर्ष पछि, हटकेक नायिकाको कन्फेसन्स र स्क्रिन टच पुस्तासँग भन्ने एकल कवितावाचन गरिएको थियो । सो कार्यक्रममा मुकारुङलाई मानार्थ सदस्यता प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय साहित्यि समाज र नवोदित साहित्यिक वाचनालयले प्रदान गरेको उक्त मानार्थ सदस्यता नवोदितको तर्फबाट प्रदान गरिएको मानार्थ सदस्यता हस्तान्तरण विशेष अतिथि कार्कीले गरेका थिए भने अन्तर्राष्ट्रिय साहित्यिक समाजको मानार्थ सदस्यता आईसीसी सल्लाहकार नरेन्द्र भाट, संस्थाका संस्थापक सल्लाहकार सागर नेपालले गरेका थिए । सो कार्यक्रममा एकल वाचनको सम्मानपत्र समेत प्रदान गरिएको थियो । सो सम्मानपत्र एनसीसी अध्यक्ष मक्सुद आलमले र दोसल्ला ओढाउनेमा नेपाली नियोग प्रमुख ढकालले ओढाएका थिए । कवि मुकारुङको एकलवाचन कलाको सम्मान स्वरुप पारिश्रमिक स्वरुप ५०,०००।– को चेक प्रमुख अतिथिको हातबाट प्रदान गरिएको थियो । सो कार्यक्रममा राजन मुकारुङद्वारा लिखित पुस्तकर मदन पुरस्कार विजेता दामिनी भिरलगायत ३ पुस्तक विक्री गरिएको थियो भने प्रगति राईद्वारा लिखित ‘लेखककी स्वास्नी’ नामक पुस्तक समेत विक्री गरिएको थियो । सबै पुस्तकको मूल्य २५ रियाल रहेको थियो ।
सोही मञ्च र समयलाई सदुपयोग गर्दै नेपाली महिला समाजले समेत कवि मुकारुङलाई खादा ओढाएर सम्मान गरेको थियो भने जनसम्पर्क समितिले संस्थाले प्रकाशन गरेको मुखपत्र समेत प्रदान गरेको थियो । सो कार्यक्रममा प्रमुख अतिथि नेपाली नियोग प्रमुख ढकाललगायत नागरिक समाजका तर्फबाट सागर नेपालले बोलेक थिए । यसैगरी शुभकामना मन्तव्य राख्नेहरुमा टिबी कार्की, मक्सुद आलम, नरेन्द्र भाट, विनेश तामाङलगायत रहेका थिए ।
















प्रतिक्रिया