३० आश्विन २०८३, शुक्रबार

अस्ट्रेलियाका बागलुङेबाट गाउँलेलाई एम्बुलेन्स

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ambulance-2

बागलुङ । बिरामीलाई समयमा उपचार सेवा दिने उद्देश्यले गैरआवासीय नेपालीले गाउँमा एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।

रोजगारी र अध्ययनको सिलसिलामा बिहुँ गाविसबाट अस्ट्रेलिया गएकाले नेपाल रेडक्रस सोसाइटी बिहुँकोट उपशाखालाई एम्बुलेन्स खरिदका लागि रु १२ लाख सहयोग गरेका हुन् ।

उक्त गाविसबाट अस्ट्रेलिया गएकाले बिहुँ अस्ट्रेलिया समाज गठन गरी एम्बुलेन्स खरिदका लागि सङ्कलन गरेको रकम आइतबार प्रमुख जिल्ला अधिकारीको रोहवरमा उपशाखालाई हस्तान्तरण गरिएको हो ।

समाजका सदस्य प्रदीप कँडेलले रेडक्रस उपशाखाका आग्रहअनुसार उक्त रकम सङ्कलन गरी सहयोग गरेको जानकारी दिनुभयो ।

बिहुँ उपशाखाले एम्बुलेन्स खरिद गरेपछि छिमेकी एक दर्जन गाविसका बासिन्दाले सुविधा पाउनेछन् । रासस