काठमाडौं । ऋषि लामिछाने र सरिता लामिछानेको जोडीले ‘परिचय’ नामक टेलिसिरियल नेपाल टेलिभिजनमार्फत प्रशारणमा ल्याएका छन् । सिरियलको कथा नयाँ विषयवस्तुमा रहेको छ ।
१० वर्ष अगाडिदेखि प्रसारण भई बीचमा बन्द भएको यो सिरियल आइतबारबाट पुनः प्रशारणमा आएको हो । यो टेलिसिरियलको निर्देशन ऋषि लामिछानेले नै गरेका छन् । सिरियलमा सरिता लामिछानेको मुख्य अभिनय रहेको छ ।
‘परिचय’ एकताका नेपाल टेलिभिजनको १ नम्बर रेटिङमा रहेर लामो समय प्रसारण भएको टेलिसिरियल हो । ४ वर्षसम्म चलेको यो सिरियल १ सय ४१ भागसम्म प्रशारण भएको थियो । निर्देशक लामिछानेका अनुसार सिरियल नयाँ कथामा आधारित छ ।
सिरियलमा सुनिल कटुवाल, वर्षा राउत, मिस टिन जस्मिन खड्का, गौरव प्रभाष, कविता शर्मा, डिवि भोम्झन लगायत कलाकारको अभिनय रहनेछ ।
सिरियल हरेक साताको आइतबार नेपाल टेलिभिजनबाट ८ः५० मा प्रशारण हुनेछ ।
















प्रतिक्रिया