कतार । सुदूरपश्चिम सेवा समाज कतारको आयोजनामा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारका साथ गौरा पर्व हुने भएको छ ।
अक्टोबर ८ तारिख शुक्रबारका दिन दोहास्थित गल्फ प्याराइजन होटेलको साभा हलमा गौरा पर्व मनाइने कार्यक्रम रहेको छ ।
कार्यक्रममा राष्ट्रिय दोहोरी गायिका देबिका केसीका साथ नेपालबाट अतिथि कलाकार दोहोरी गायिका अनिता चलाउने, लोक दोहोरी गायक टंक तिमेल्सेना, जापानबाट लोक दोहोरी गायक दिलेन्द जोशी सहभागी हुने छन् ।
कतारमा रहेका लोक दोहोरो गायक गंगादत्त गिरी, हास्य कलाकार राम बाबु बोहराले पनि प्रस्तुति दिने छन् ।















प्रतिक्रिया